Monday, April 13सत्यम खबर
Shadow

“भ्रष्टाचार र सुशासनको पक्षमा केही सिन्को नभाच्ने सरकार देशको विकासका लागि केही गर्न नसक्ने”पूर्व प्रम ओली

नेपालगन्ज, १३ श्रावण – पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार र सुशासनको पक्षमा केही सिन्को नभाच्ने सरकार देशको विकासका लागि केही गर्न नसक्ने बताउँदै मुलुकमा एमालेबाहेक अर्को कुनै विकल्प नरहेको दाबी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्वीन्टलभन्दा बढी सुन भित्रिएको घटनामा सरकारको मिलोमतोको आशंका रहेको समेत बताएका छन् ।
शनिबार नेपालगन्जमा लुम्बिनी प्रदेशका निर्वाचित जनप्रतिनिधिहरुको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुक बनाउने भिजन एमालेसँग मात्रै रहेको भन्दै मुलुकमा अर्को कुनै विकल्प नरहेको बताएका हुन् । पूर्व प्रधानमन्त्री ओलीले एमालेबाहेक देशलाई हेर्न र फेर्न सक्ने दृष्टिकोण अरु कुनै पार्टीसँग नरहेको धारण राखे ।


अहिलको सरकार सुशासनको पक्षमा नरहेको एमाले अध्यक्ष ओलीले बताउनुभयो । अहिलेको सरकार राष्ट्र प्रतिको जिम्मेवारीबोध नभएको हुनाले जनता खुसी नभएको जानकारी गराउनुभयो । जनतामुखी र जनताले चाहेको सरकार नै एमाले सरकार भएको अध्यक्ष ओलीले जिकिर गर्नुभयो । भ्रष्टाचार र सुशासनको पक्षमा केही सिन्को नभाच्ने सरकार देशको विकासका लागि केही गर्न नसक्ने उहाँले दावी गर्नुृभयो ।
देशमा भ्रष्ट्राचार झनै मौलाएको हुनाले एमालेले देशको विकास र उन्नती चाहेको उहाँले संज्ञा गर्नुभयो । अन्तर्राष्ट्रिय विमान स्थल हुदै सय किलो सुन विना सुइको छिर्नु चानचुने कुरा नभएको उहाँले बताउनुभयो । एयरपोर्ट जस्तो ठाउँमा सुन तस्कर हुनु संकास्पद रहेको बताउनुभयो । बिना सरकारको संलग्नता नहुदासम्म एयरपोर्ट जस्तो संवेदनशिल क्षेत्रमा सय किलो सुन निकासा हुनु राज्यको संलग्नता देखिन्छ ओलीले भन्नुभयो । बर्तमान सरकार लालची सरकार हो यसमा दुईमत नभएको उहाँले जानकारी गराउनुभयो ।
एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले सम्बन्धको आधारमा सिफारिस नगर्नुस् यसले आफु र पार्टीको घाताक बन्न सक्छ ओलीले भन्नुभयो । कुनैपनि संकास्पद रहेको सिफारिस गर्दा पार्टीलाइ सम्झाउनुस अनि मात्र सिफारिस गर्नुस उहाँले भन्नुभयो । एमालेका जनप्रतिनिधिले गलत कार्यमा सिफारिस गर्नु हुन्न आफु बदनाम हुनु भनेको पार्टी बदनाम हुनु हो उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले संस्थाको हितमा काम गरेर बेरूजु नलाग्ने गरि काम गर्न आग्रह गर्नुभयो । एमाले पार्टीको मिसन ८४ लाई कसरी सफल बनाउने तिर ध्यान दिन उहाँले सबै तहका जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभएको छ । मिसन ८४ लाई लक्षित गरि ८४ सम्मको योजनाबद्व तरिकाले जनतामुखी समाजसेवामा खटिन उहाँले आग्रह गर्नुभयो । कुनैपनि काम गर्दा सबै प्रक्रिया पुगेको छ या छैन भन्ने बारे बेरूजु, अनियमितता समेत ख्याल गरि सतर्क रहन आग्रह गर्नुभयो । २ दिन चल्ने प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका तिनै तहका जनप्रतिनिधिहरुको सहभागिता रहेको छ ।
एमाले मिसन ८४ मा केन्द्रीत रहेको भन्दै ओलीले यसलाई सफल बनाउँदै बहुमत आउने गरी तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए । उनले आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याएपनि एमालेका नीतिसँग सहमत हुने, विकासको अभियानलाई अघि बढाउन चाहने राजनीतिक शक्ति र व्यक्तिहरुलाई सँगै लिएर अघि बढ्ने जिकिर गरे ।
ओलीले अहिले पनि एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भएकाले सकृय र सतर्कतासाथ योजनबद्ध ढंगले लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *