Sunday, April 12सत्यम खबर
Shadow

वडा नं. ६ मा २५ लाख ५० हजार फ्रिज ! जिम्मेवार को अध्यक्ष वा सचिव ?

नेपालगन्ज, ९ श्रावण – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का जनप्रतिनिधिदेखि कर्मचारीसम्मको हाली मुहाली भएकै हुँदा वडाबासी सर्वसाधारण जनताहरुलाई सास्ती भएको तथ्य उजागर भईरहेको छ ।
नेपालगन्ज उपमहानगरपालिकादेखि वडा विकासको लागि मांग गरिएको बजेट मध्ये २५ लाख ५० हजार रकम फ्रिज भएर जानुले समेत माथि उल्लेखित गरेको तथ्यलाई उजागर गरिरहेको पाईन्छ । वडाबासी नागरिकहरु जुन तवरले सचेत र सजग हुनुपर्ने थिए सो नभएकै कारणले उक्त २५ लाख ५० हजार बजेट फ्रिज भएको वडाबासीहरुकै भनाई रहेको छ ।
सबभन्दा बढी पीडा त समाजलाई मार्ग निर्देशन दिने ज्येष्ठ नागरिककै “ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम” शिर्षकमा ३ लाख बिनियोजित गरिएको बजेट समेत खर्च नगरी फ्रिज गराएका छन् ।
त्यति मात्र नभई “पाठेघरको सरभाईकल स्कृनिङ कार्यक्रम” शिर्षकमा १ लाख, “किशोर किशोरीहरुलाई अभिमुखिकरण तालिम” शिर्षकमा १ लाख, “एक घर एक करेसाबारी कार्यक्रम” शिर्षकमा १ लाख, “विपन्न तथा असहाय वर्गलाई उपचार सहयोग” शिर्षकमा ५० हजार, “उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार तथा सम्मान कार्यक्रम” शिर्षकमा १ लाखलगायत बिनियोजित बजेट यस आ.वा. २०७९÷०८० मा फ्रिज भएको तथ्य सत्यमखबरका सुजल चन्दन त्रिपाठीद्वारा मांग गरिएको सूचनामा उल्लेख गरिएको छ ।
फ्रिज भएको बजेट माथि प्रश्न उठ्न र वडाबासीहरुले उठाउनु स्वाभाविक हो । वडाबासीहरुको बृहत विकास, स्तर उन्नति लगायतको लागि मांग गरिएको बजेट किन खर्च गरिएन । उक्त बजेटबाट वडा भित्र रहेका २ सय ४४ जना ज्येष्ठ नागरिकहरुलाई किन सम्मान गरिएन ? यसको दायित्व कसको हो ? के वडा अध्यक्ष र वडा सचिवले जिम्मेदवारी दिनु पर्दैन ? भनी प्रश्न गरेका छन् वडाबासी मदनराज शर्माले ।
यसबारे वडा अध्यक्ष समिरप्रताप सिंहलाई फोन गरी किन फ्रिज भयो भनी प्रश्न त के गर्नु उनले फोन नै उठाएनन् । प्रायः फोन उठाउने अध्यक्षज्यूले किन फोन उठाएनन् यसको जवाफ समेत उहाँसित रहेका छ । एउटा अनलाईनको फोन नउठाउँदै प्रश्न मरेर जाँदैन अध्यक्ष ज्यू चेतनशिल वडाबासीहरुले ठाउँमा भेटेको बेला आवश्यक पैसा कसरी र किन फ्रि भयो भनी प्रश्न गर्ने नै छन् ।
यसैगरी, वडा सचिव मदनबहादुर रावतलाई समेत फोन गर्दा घण्टी त बज्यो तर फोन उठेन । उल्लेख गरिएको नामद्वारा प्रष्ट भईरहेको छ कतिका जिम्मेवार रहेका छन् । उठेको प्रश्नको जवाफ सम्म दिन सकेका छैनन् । त्यसैले गर्दा होला ६ वर्षको कार्यकाल बितिसक्दा समेत वडाबाट एउटा सार्वजनिक बहसको समेत आयोजना हुन सकेको छैन भनी केही समय अगाडी मात्र दिलिप रेग्मीको सार्वजनिक सञ्जालबाट सार्वजनिक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *