Sunday, April 12सत्यम खबर
Shadow

बि.पि.को स्मृति दिवसमा सरसफाई तथा बृक्षारोपण

के.आर.शर्मा
नेपालगन्ज, ९ श्रावण – बिशेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर २ ले औपचारिक कार्यक्रम सहित सरसफाई तथा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बि. पी. कोइरालाको बहुआयामिक ब्यक्तित्वको चर्चा गर्दै पुर्व लुम्बिनी प्रदेश बन मन्त्री तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सदस्य सुरेन्द्रबहादुर हमाले नेपालको राजनीतिमा स्वर्णिम इतिहास बनाउन सफल बि.पी. कोइराला पदका लागि कहिलै सिद्धान्तसंग सम्झौता गरेनन् होइन भने कयौ पटक प्रधानमन्त्री बन्न सक्थे बि.पी.को आदर्श सिद्धान्त नितान्त अपरिहार्यताको चर्चा गर्दै नेपाली कांग्रेस गुट–उपगुटको राजनीति भन्दा माथि उठदै सबै एक भएर अगाडी बढ्न जोड दिए ।
कार्यक्रममा अधिकांश बक्ताहरुले महामानव विशेश्वर प्रसाद कोइरालाको धरातलिय उच्च नैतिकता, आदर्श र सिद्धान्तः “समाजवाद” निष्ठाको राष्ट्रिय राजनीतिमा पुरै जीवनलाई समर्पित गरे २०१७ साल पौष १ गते महेन्द्र राजाले प्रजातन्त्र अपदस्त गरेर निर्दलिय पञ्चायती व्यवस्था लागु गरेपछि “तत्कालिन शासकले प्रलोभन सहित किन्न भरपुर प्रयास गरे तर” ८+१=९ बर्षको कठिन सुन्दरीजल कारावास जिवन सहित” भारतबाट ८ वर्षको निर्वासित जिवन पछि नेपालको राष्ट्रियता संकटमा परिरहेको बेला नेपाललाई बाह्य शक्तिबाट जोगाउन “राजासँग आफ्नो घाँटी जोडिएको छ” भन्दै संबैधानिक राजा सहितको २०३३ साल पुष १६ गते मेलमिलापको नीति अवलम्बन नितिको चर्चा गर्दै नेपाली कांग्रेस हालको राजनीतिक अवस्थाबाट सच्चिनु पर्ने र सच्चिदै अगाडी बढन जोड दिंदै बक्ताहरुमा नेपाली काँग्रेस नेपाली कांग्रेसका बाँके जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी, महाधिवेशन प्रतिनिधि सुदिपनरसिंह राणा, क्षेत्र नम्बर २ प्रदेश क का सभापति ज्ञानेन्द्रकुमार चौधरी, कार्यवाहक नगर सभापति धनराज बर्मा’ जिल्ला सदस्य अमृत आचार्य, महिला संघ जिल्ला अध्यक्ष नारायणी रुपाखेतीले बिचार राखेका थिए ।
नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टी नेता कार्यकर्ताहरूमा क्षेत्र नम्बर २ ख का प्रदेश सभापति कैलाश हमाल, जिल्ला सचिव सुधांशु कोइराला, प्रतिनिधि–मुकुन्द केसी, जगतनारायण बर्मा, महिला संघ केन्द्रीय सदस्य भारती जोशी, जि. सदस्य पुष्पा नेपाल ट्रेड युनियन बाँकेका ब. उपाध्यक्ष तोजेन्द्र बिक, शिक्षक संघ केन्द्रीय उपाध्यक्ष बिरेन्द्र यादव, नेपाल बिधुत प्राधिकरण कर्मचारी संघ केन्द्रीय सदस्य दुर्गाप्रसाद जैसी, नेपालगन्ज उपमहानगर वडा नम्बर १२ का वडा अध्यक्ष तरुण बज्राचार्य, नगर उपाध्यक्ष कमाल अंसारी लगायतको उपस्थित रहेको थियो ।
नेपाली कांग्रेस वडा नम्बर २ सुनिलसिहं हमाल, प्रदिप श्रेष्ठको समन्वयमा सम्पन्न कार्यक्रमलाई सञ्चालन क्षेत्र नम्बर २ का सचिव प्रदिप साहले गर्नु भएको थियो भने बेल, रक्त चन्दन लगायतका बिभिन्न बोटहरुको बृक्षारोपण बागेश्वरी पार्कमा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *