Sunday, April 26सत्यम खबर
Shadow

बरिष्ठ चिकित्सकको कोरोना संक्रमित भई मृत्यु

नेपालगन्ज, १५ असोज – भेरी अस्पताल नेपालगन्जका एकजना बरिष्ठ चिकित्सकको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । भेरीको कोभिड आइसोलेसन वार्डमा उपचाररत् उनको आज विहिबार दिउँसो मृत्यु भएको अस्पतालका मेसु डा.प्रकाश थापाले पुष्टि गर्नुभएको छ ।


हाल उनी प्रादेशीक अस्पताल सुर्खेतमा प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जनका रुपमा कार्यरत थिए । उनलाई सुर्खेत मै भाइरस संक्रमण भएको थियो । सुरुमा उनलाई त्यही उपचार गरिएको थियो ।
तर अवस्था सुधार नभएपछि असोज २ गते सुर्खेतबाट ल्याएर भेरी अस्पतालमा भर्ना गरिएको थियो । रेमडिसिभिर औषधिसँगै उनलाई दुईपटक प्लाज्मा थेरापीबाट पनि उपचार गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *