Monday, April 13सत्यम खबर
Shadow

भ्रमणमा रहेका चिनियाँ नेता युआनसँग प्रधानमन्त्री प्रचण्डको भर्चुअल सम्वाद

काठमाण्डौ, ७ श्रावण – नेपालको दुई दिने भ्रमणमा रहेका चिनियाँ नेता युआन जियाजुनसँग इटलीको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल संवाद गरेका छन् । संवाद क्रममा प्रधानमन्त्री दाहालले नेपाल भ्रमणमा रहेका जियाजुनलाई न्यानो स्वागत रहेको बताए ।

चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका युआन जियाजुन र प्रधानमन्त्री प्रचण्डबीच आज दिउसो ४ बजे भर्चुअल माध्यमद्वारा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटमा दुई देशको आपसी हितका बिषयमा छलफल भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *