Monday, April 13सत्यम खबर
Shadow

पुष्पलालको ४५ औं स्मृती दिवसको अवसरमा बृक्षारोपण

नेपालगन्ज, ७ श्रावण – नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव स्वर्गिय पुष्पलाल श्रेष्ठको ४५ औं स्मृती दिवसको अवसर पारेर बाँकेका बिभिन्न स्थानमा बृक्षारोपण गरिएको छ ।
नेकपा एमाले खजुरा गाउँपालिका कमिटी र अखिल नेपाल किसान महासंघ बाँकेको आयोजनामा खजुरा गाउँपालिका २ के गाउँस्थित दुर्गा भवानी मन्दिर परिसरमा बृक्षारोपण गरिएको हो । बृक्षारोपण कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा खजुरा गाउँपालिका इन्चार्ज शान्ति ढकाल, नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य बाबुराम गौतम, नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य नन्दलाल रोकाय, नेकपा एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपति पुष्पलालको बाटोमा हिड्न सके कम्युनिष्टहरु सच्चा कम्युनिष्ट हुने र त्यसले मात्र देश र जनताको परिवर्तन गर्न सक्ने बताए ।
मोर्चा संगठन संयोजक भीम ओली, अखिल नेपाल किसान महासंघ बाँकेका अध्यक्ष कृष्ण बिक्रम केसी, खजुरा गाउँ कमिटीका अध्यक्ष गेहेन्द्र धिताल लगायतका नेकपा एमालेका नेता कार्यकर्ताहरुको उपस्थितिमा अर्जुन प्रजातिका ३ सय बढी बिरुवा लगाईएको छ ।
यसैगरि नेकपा एमाले नगर कमिटी बाँकेले नेपालगन्ज उपमहानगरपालिका ९ शान्तिनगर स्थित नील सागर सेवा आश्रमको निर्माणाधिन भवन परिसरमा समेत बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । नगर कमिटीले बृक्षारोपण कार्यक्रममा नील सागर सेवा आश्रमको निर्माणाधिन भवन परिसरलाई सौन्दर्यीकरण गर्न फूल फुल्ने जातका बिरुवाहरु लगाईएको छ ।
उक्त कार्यक्रममा नेकपा एमाले बाँके क्षेत्र नं. १ का संघीय सांसद सूर्य ढकाल, स्थायी कमिटी सदस्य तथा बाँके जिल्ला इन्चार्ज खेममान खड्का, केन्द्रिय लेखा आयोग सदस्य बिजया धिताल, मधेशी आयोगका सदस्य तथा नीलसागरका प्रमुख अभिभावक बिजय गुप्ता, नील सागर सेवा आश्रमकी संस्थापक अध्यक्ष सरिता खनाल समेतको सहभागितामा बृक्षारोपण कार्यक्रममा सम्पन्न गरिएको थियो ।
नेकपा एमाले बाँकेले राप्तीसोनारी गाउँपालिका लगायतका पालिकाहरुमा समेत बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *