
नेपालगन्ज, ७ श्रावण – “कही नभएको जन्ती हाँडी गाउँमा” भने जस्तै हाल नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का जनप्रतिनिधि, कर्मचारीहरुले सेवाग्राहीप्रति गरिएको व्यवहारले देखाईरहेको छ ।
आज आईतबार सप्ताहको पहिलो दिन भएको हुँदा पनि अलि भिडभाड हुने गरेको पाईन्छ प्रायः सबै सरकारी कार्यालयहरुमा तर वडा नं. ६ मा आज ज्येष्ठ नागरिक, विधुव लगायतको भत्ता कार्ड रिनो गर्नुपर्ने भएको हुँदा समेत बिहान १० बजे अफिस समयमा भिड लागेको देखिन्छ ।
तर उक्त भिडलाई व्यवस्थापन गर्नुपर्ने स्थानमा कार्यालय सहयोगी शान्ति बर्माले भोलि पर्सी आउनुस, अहिले भिड किन गर्नु भएको छ भनी उल्टै हप्काउने कार्य गरी ज्येष्ठ नागरिकप्रति दुव्र्यवहार गरेका छन् ।
उक्त भनाई कार्यालय सहयोगबाट आएपछि सत्यमखबर डटकमले किन सेवाग्राहीहरुसित यस्तो भनाई राख्नु भयो भनी प्रश्न गर्दा मेरो राम्रो काम तपाईले नदेख्ने, मलाई नराम्रो मात्र भन्ने भनेर केही समय बादविवाद समेत भएको थियो ।
उक्त कार्यालय सहयोगीको भनाईप्रति सेवाग्राही ज्येष्ठ नागरिकले समेत आपत्ति जनाएका छन् । हामी हिड्डुल गर्न नसक्ने, स्वास्थ्य अवस्था कमजोर हुनेलगायत यावत समस्या हुँदा हुँदै समेत वडामा आफ्नो भत्ता कार्ड रिनोको लागि पुग्दा सम्बन्धित कार्यालयले सहयोगीले भोली, पर्सी आउनु भनेर भन्दा दुःख लागेको बताउँछन् ।
सत्यमखबर डटकमले आज पनि वडा कार्यालयमा अनुगमन गर्दा समयमा ४ जना कर्मचारी, १ जना वडा सदस्य बाहेक जनप्रतिनिधि लगायत कोही देखिएका थिएनन् । १०ः४० हुँदासम्म कोही नदेखिएको हुँदा वडामा पुगेका सेवाग्राहीहरुको भिड लागेको देखिन्थ्यो ।
