Monday, April 13सत्यम खबर
Shadow

कसौधन वैश्य समाजको १६ औं साधारण सभाले झुठको पुलिंदा सार्वजनिक ग¥यौ !

नेपालगन्ज, ६ श्रावण – कसौधन वैश्य समाज नेपालगन्जले आफ्नो १६ औं साधारण सभामा झुठको पुलिंदा सार्वजनिक गरेको छन् । शनिबार वैश्य समाजले आफ्नो १६ औं साधारण सभा सम्पन्न गर्ने क्रममा जुन सामाजिक कार्य समाजबाट आयोजित गरिएकै थिएन बरु अध्यक्ष नन्दलाल वैश्यले आफ्नो पारिवारिक स्तरबाट आयोजना गरेका थिए, त्यस्तो कार्यलाई पनि कसौधन वैश्य समाजले प्रगति प्रतिवेदनमा समेटिएको देख्दा कार्यक्रममा उपस्थित विदेशी अतिथीहरुले समेत आश्चर्यचकित भएको बताईएको छ ।
कशौधन वैश्य समाजका महासचिव सत्यनारायण वैश्यले आ.व. २०७७ माघदेखि २०८० सम्म सार्वजनिक गरेको प्रगति प्रतिवेदनमा निर्वाचन प्रक्रियाद्वारा चयन नयाँ कार्य समिति गठनदेखि शपथ ग्रहणसम्मको अदुरदर्शी कुरा उल्लेख गरिएको प्रतिवेदनमा देखाईएको थियो । कसौधन वैश्य समाज अन्तर्राष्ट्रिय स्तरको सामाजिक संगठन होईन तर पनि त्यसले आफ्नो पहलमा भारतको बाबागंजमा आफूहरुले कसौधन वैश्य समिति गठन गराएको झुठो दाबी प्रतिवेदनमार्फत उल्लेख गरेका छन् । विगत वर्ष समाजका अध्यक्ष नन्दलाल वैश्यले आफ्नो पारिवारिक तहबाट सप्ताहव्यापी श्रीराम कथा सत्संग तथा महाप्रसाद भण्डाराको आयोजना गरेका थिए । उक्त कार्यक्रमले नगरको विभिन्न ठाउँमा लगाएको व्यानरमा अध्यक्ष वैश्यका आमाको तस्वीर राखिएको थियो । यसबाट पनि प्रष्ट हुन्छ कार्यक्रम समाजको तर्फबाट आयोजित नभई अध्यक्ष वैश्यको परिवारको तर्फबाट आयोजना गरिएको थियो तर सो कार्यक्रमलाई समाजको तर्फबाट आयोजना गरिएको प्रतिवेदनमा उल्लेख गरिएकोले सहभागीहरुबाटै त्यसको आलोचना गरिएको थियो ।
त्यस्तै कसौधन वैश्य समाजले भेरी अस्पतालमा अवस्थित अन्जनी माता रसोईलाई खाद्यान्न सहयोग स्वरुप उपलब्ध गराएको भन्दै ५ बोरी मसिना चामल, २ बोरी अरहर दाल, २ बोरी सोयाबीन, २ बोरी नुन, १ बोरी आलु दिईएको देखाई आफ्नो सानोपन देखाउने प्रयास गरेको देखिन्छ । सोही प्रकारले कसौधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्य आफै पनि प्रेस स्वतन्त्रता सेनानी स्व. राम गोपाल वैश्य स्मृति प्रतिष्ठानको अध्यक्ष छन् यसमा उनले प्रतिष्ठानले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रमलाई समाजमा जोडेर देखाएकोमा समेत आलोचना गरिएको थियो ।
त्यस्तै समाजले वडा नं. ८ स्थित हिन्दु शमशान भूमिमा सबैको शबदहनका लागि निःशुल्क काठ दाउरा व्यवस्थाको लागि नेपालगन्ज उपमहानगरपालिकासँग अनुरोध गर्दा दाउराको निःशुल्क सुविधा प्रदान गरिएको बताईएको छ । वास्तविक रुपमा शवदहनको लागि काठ उपलब्ध निःशुल्क नभई मृतक परिवारका सदस्यले १ हजार भन्दा बढी रकम तिर्नु पर्छ तर उक्त श्रेय समेत समाजले आफ्नो प्रगति प्रतिवेदनमा समावेश गरेको छ । प्रतिवेदनमा नै लगभग ५ सय जति गरीब परिवारलाई ५ दिनसम्म पुग्ने गरी राशन थैला (दाल, चामल, आलु, तेल, नून) विभिन्न वडामा वितरण गरिएको उल्लेख गरिएको छ । यो कार्यक्रम कोभिड–१९ को संक्रमणको समयमा आयोजित गरिएको हुन सक्छ तर प्रतिवेदनमा कति रकम यस कार्यक्रममा खर्च भएको र सो रकम कुन दाता वा संघ संस्था, देश, विदेशबाट आएको चाहि उल्लेख नगरेको प्रति खेद व्यक्त गरिएको थियो । जानकारी अनुसार कोभिड–१९ संक्रमणको समय अमेरिकी प्रवासी हिन्दु समुदायले लाखौं रकम नेपालगन्जको कसौंधन वैश्य समाजलाई पठाएको थियो तर आप्रवासीहरुको नाम प्रतिवेदनमा उल्लेख रहेको देखिदैन । प्रतिवेदनमा अनलाईन हनुमान चालिसा पाठ सञ्चालन, वडा नं. ८ को विभिन्न मन्दिरहरुको जिर्णोद्वारका लागि ज्ञापन पत्र बुझाईएको, वडा कार्यालयबाट कसौधन महिला मञ्चलाई कोष स्थापना गराउन अनुरोध र सिफारिस सम्मको हलुङ्गो कुरा उल्लेख गरी प्रतिवेदन बुँदा नं. ५७ सम्म जबर्जस्ती पु¥याएको देखिन्छ । सबैभन्दा उत्सुक्ताको कुरा के छ भने कसौधन वैश्य समाज एउटा परिवारवादको मानसिकताबाट ग्रस्त रहेको देखिन्छ । जुन कार्य समाजका व्यक्तिले आ–आफ्नो स्तरबाट छुट्टै रुपमा गरेका छन् अहिले त्यस्तो सबै कार्य कसौधन वैश्य समाजले आयोजना गरेको प्रोपोगण्डाहरु फैलाउने प्रयास गरेको सहभागी वैश्य समाजका एकजना सदस्य नाम नलेख्ने शर्तमा बताएका छन् ।
सदस्यका अनुसार समाजसेवी त स्व. कन्धैलाल वैश्य थिए, उहाँ बिहानै उठेर रानी तलाउ स्थित भगवान श्रीचन्द्र कठमहलमा पुगी मन्दिर सफाई, सेवा, टहल आदि गर्ने गर्थे । आप्नो मृत्यु पश्चात यो मन्दिरलाई कुनै प्रकारको अभाव नरहोस यसको लागि उहाँले १ स्थानमा २६ लाख रकम नगद राखेर गएका थिए । यो रकम दशकौंसम्म बैंकमा जम्मा राखियो । तर उक्त रकम माथि केहीहरुको वक्रदृष्टि थियो । यस कारण रकम विभिन्न स्थानमा खर्च गर्ने मन्साय बन्दै रह्यो, वडा नं. ८ स्थित ऐतिहासिक काली माई मन्दिर र कठमहल मन्दिरमा रकम खर्च गर्ने योजना बनाउँदै केही दिन अघि सो रकम वडा नं. ८ जोलहनपुर्वा नजिक रहेको किन्नुराम काशीराम पञ्चायती धर्मशालामा खर्च गरिएको छ । २६ लाख रकमलाई २५ लाख देखाईएको छ । विगतदेखि सम्पन्न रहेको यो धर्मशाला आर्थिक रुपले सम्पन्न रहेपनि स्व. कन्धैलाल वैश्यको श्रीमति उमा देवी वैश्यलाई बहलाई फुसलाई पञ्चायती धर्मशालाको तेस्रो तल्लामा कन्धैलाल उमादेवी मैरिज हलको निर्माण गरिएको छ जनाईएको छ ।
यसरी समाजको १६ औं अधिवेशनले झुठको पुलिंदा सार्वजनिक गर्ने प्रयास गरिएको छ । आ.व. ०७७÷०७८, ०७८÷०७९, ०७९÷०८० को आम्दानी र खर्च विवरण देखिंदा त्यसमा पारदर्शिता रहेको देखिदैन आय, व्यय सबै नै अपुरो रहेको देख्न सकिन्छ । तर एउटा कुरा अवश्य छ १६ औं साधारण सभा जेनतेन ढंगले सम्पन्न गरिएको छ । जुन प्रगति प्रतिवेदन आम्दानी र खर्च प्रतिवेदन उद्घाटन सत्रको समाप्तिपछि हुने बन्द सत्रमा बाँड्नु पथ्र्यो त्यो प्रतिवेदन विदेशी पाहुँनाको अगाडी बाँडी समाज आफै नै उपहासको पात्र बन्यौ । कार्यक्रममा प्रमुख अतिथि रहनु भएका साँसद डा. धवल शम्शेर राणाले वैश्य समाजको प्रशंसा बटुल्न सफल भएको देखियो कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो– ‘नेपालगन्जका प्रख्यात समाजसेवी स्व. मोहनलाल वैश्यले यस नेपालगन्जको लागि विभिन्न सामाजिक सेवा कार्य निस्वार्थ भावले गर्नु भएको थियो । यस कारण म नेपालगन्ज उपमहानगरपालिको मेयर रहँदा समाजसेवी स्व. वैश्यको नामबाट चोक नामाकरणको लागि निर्णय पारित गराएको थिए तर समाजले सो कार्य गरी देखाउन सकेन । तपाईहरु स्व. वैश्यको प्रतिमा अनावरण गर्न चोक निर्माणको लागि लाग्नुस यो कार्य सम्पन्न गराउन केही महिनाको आफ्नो तलब दिन तैयार छु’ बताउनुभयो ।
साँसद डा. राणाले अब अगामी समय मृतकहरुको अन्तिम संस्कारको लागि काठको अभाव हुन सक्छ । यस काठको अभाव नहोस यसका लागि हिन्दु शमशान भूमिका विद्युत शवदाह गृहको स्थापना हुनुपर्छ विद्युत शवदाहको स्थापना होस वा नहोस स्थापना हुनु पर्ने कार्यमा तपाईहरुको समर्थन छ भन्दा उपस्थित अधिकांशहरु डा. राणाको कुरा प्रति समर्थन जनाउँदै कर्तल ध्वनिले समर्थन जनाएका थिए ।
उहाँले यो देश विगतमा हिन्दु राष्ट्र थियो जसलाई विदेशीको ईशारामा धर्म निरपेक्ष बनाईयो, वर्षायाम समाप्त हुँदै हिन्दु राष्ट्रको निर्माणको लागि आन्दोलन चलाईने भन्दै गर्दा अधिवेशन हल तालीले गुन्जिएको थियो ।
कार्यक्रमका सभापतिको आशन ग्राहण गरेका समाजका अध्यक्ष नन्दलाल वैश्यलाई माथि उल्लेख गरिएको कुरा जानकारी माग्दा उहाँले अहिले व्यापारीहरुको चुनावको बेला भएको हुँदा त्यस्तो कुरा आई हाल्छ । तर मैले गरेको सकारात्मक कार्यलाई समाजले पैसा नलगाएपनि उसको नाम जोडि दिंदा के समस्या छ भनी जवाफ दिनुभयो ।
त्यस्तै किन्नुराम काशीराम पञ्चायती धर्मशाला बारे १५ जनाको बैठक बसी गरिएको निर्णय अनुसार निर्माण गरिएको हो । कसैलाई हिसाब चाहिएको छ भने लिन सक्छ त्यति मात्र नभई कशौधन वैश्य समाजको समेत हिसाब खोज्ने जो कोहीको लागि ढोका खुला छ, उहाँ अफिसमा आएर हिसाब देख्न सक्छन भनी बताउनुभयो ।
कार्यक्रम समाजका अध्यक्ष नन्दलाल वैश्यको सभापतित्वमा आयोजित गरिएको थियो । यस कार्यक्रममा रुपैडिहाका साँसद उमाशंकर वैश्य, विशिष्ठ अतिथीको रुपमा सहभागी भएका थिए । कार्यक्रममा प्रगति प्रतिवेदन महासचिव सत्यनारायण वैश्यले पढेर सुनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *