
नेपालगन्ज, ३१ अषाढ – नेपाल सरकारले बजेट बक्तव्यको बुँदा न.ं ३७४ मार्फत नेपाल भरी रहेका हुलाक बचत बैंकहरुलाई क श्रेणीको वाणिज्य बैंकमा हस्तान्तरण गर्ने घोषणा गरे बमोजिम नेपाल सरकार मन्त्री परिषदको यही असार १२ गतेको निर्णय तथा हुलाक सेवा विभाग र राष्ट्रिय वाणिज्य वैंक केन्द्रीय कार्यालय बीच यही असार २४ गते भएको सम्झौता अनुसार जिल्ला हुलाक कार्यालय बाँकेमा रहेको हुलाक बचत र्बैकका खाता राष्ट्रिय वाणिज्य वैंक त्रिभुवन चोक शाखामा हस्तान्तरण गरिएको छ ।
जिल्ला हुलाक कार्यालय बांकेका कार्यालय प्रमुख गोबिन्दप्रसाद पाण्डेले वाणिज्य बैंकका फोकल पर्सन रवी अर्याललाई हुलाक बचत बैंक बाँकेमा रहेका २११४ बचत कर्ताको ११ करोड ५८ लाख ३० हजार बचत रकम सहितको विरणको प्रमाणित प्रति र सफ्ट कपी हस्तान्रण गर्नु भएको छ ।
यस अघी हुलाक बचत र्बैकबाट हुँदै गरेको कारोवार चालु आर्थिक वर्ष ०८०÷०८१ को साउनबाट राष्ट्रिय वाणिज्य वैंक त्रिभुवन चोकबाट सञ्चालन गरिने छ ।
सेवाग्राहीले आफ्नो खातालाई क्रियासिल गराई तत्काल रकम निकाल्न परेमा सक्कल नागरिकता र सो को प्रतिलिपि, हुलाक बचत बैंकबाट जारी चेक बुक र पासबुक, पासपोर्ट साइजको ३ प्रतिफोटो तथा ब्यक्तिको नागरिकता तथा सो को प्रतिलिपि लिई राष्ट्रिय वाणिज्य वैंक त्रिभुवन चोक शाखामा सम्पर्क गर्न सकिने वाणिज्य वैंकका व्यवस्थापक कृष्ण धितालले बताउनु भयो ।
साउन महिनाको उपयूक्त समयमा जिल्ला हुलाक कार्यालय बाँके र राष्ट्रिय वाणिज्य वैंक त्रिभुवन चोक शाखाको संयूक्त आयोजनामा साउनको दोस्रो हप्ता जिल्ला हुलाक कार्यालय बाँकेमा सेवाग्राहीका बचत खाता क्रियासिल सहजिकरणका लागि सप्ताह व्यापी कार्यक्रम सञ्चालन गरिने कुरा जिल्ला हुलाक कार्यालय बाँकेका कार्यालय प्रमुख गोबिन्दप्रसाद पाण्डेले बताउनु भयो ।
