Monday, April 13सत्यम खबर
Shadow

६ नं. वडाबाट सूचना मांग

नेपालगन्ज, ३१ अषाढ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ भित्र विगत केही दिनदेखि वडामार्फत गरिएको कार्यहरु प्रति असन्तुष्टि जनाउँदै आएका वडाबासीहरुले अब लिखित रुपमै खर्च हिसाब माग ग रेका छन् ।
गत शुक्रबार (दुई दिन अगाडी) सत्यमखबर डटकमले वडाबाट बिनियोजित बजेट अनुसार चालू खर्चबाट ४२ लाख रुपैयाँ कहाँ के के मा खर्च गर्नु भयो तथा पुँजी खर्च तर्फ ग्राबेल वापत रु. ४ लाख र ८ लाख गरी जम्मा १२ लाखको ग्राबेल कहाँ कुन–कुन टोलमा खसाउनु भयो भनी वडा सचिव मदनबहादुर रावतसँग जानकारी मांगेको थियो । तर वडा सचिव मदनबहादुर रावतले उक्त जानकारी आफूसँग नभएको तथा जनप्रतिनिधिहरु जस्तै क्यामरा अगाडी आएर बोल्नै पर्ने कुनै रुल नभएको भनाई राख्दै तपाईलाई हिसाब चाहिएमा सूचना मांग गर्नुस भनी जवाफ दिएका थिए ।
सोही सम्बन्धमा आज आईतबार लिखित रुपमै सूचनाको हक सम्बन्धी ऐन २०६४ को धारा ५ र नेपालको संविधान २०७२ को धारा २७ बमोजिम सूचना मांग गरिएको छ ।
मांग गरिएको सूचनामा “उपरोक्त विषयका सम्बन्धमा निवेदक यस वडाको बासिन्दा भएको तथा यस वडामा आय व्यय बारे सम्पूर्ण जानकारी पाउनु पर्ने संविधानद्वारा अधिकार प्रदत्त गरिएको हुँदा यस नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ को वडा कार्यालयमा गत आर्गिक वर्ष २०७९/२०८० को बिनियोजित बजेट मध्ये चालू खर्च तर्फ छुट्टाईएको रु. ४२ लाख तथा पूँजीगत खर्च तर्फ छुट्टाईएको मध्ये हाललाई ग्राबेल वापत ४ लाख र ८ लाख गरी जम्मा १२ लाखको जानकारीय चाहिएको हुँदा के कहाँ कसरी वडामार्फत खर्च गरिएको छ । कहाँ कहाँ कुन–कुन टोलमा ग्राबेल खसाईएको छ । सो बारे बिल, भरपाई, ठेक्का कागजातसहित जानकारी गराई सहयोग गरिदिनु हुन सादर अनुरोध गर्दछु ।” भनी उल्लेख गरी सूचना माग गरिएको छ ।
उक्त सूचना सत्यमखबर डटकममार्फत मांग गरिएको हो । (फाईल फोटो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *