Monday, April 13सत्यम खबर
Shadow

आदित्य गुप्ताकाे संयाेजकत्वमा हाेटल म्यानेजमेन्ट तालिम सम्पन्न

नेपालगन्ज, ३० अषाढ – नेपालगन्ज जेसीस वर्ष २०२३ काे आयाेजनामा दुई दिने हाेटल म्यानेजमेन्ट तालिम आज शनिबार सम्पन्न गरिएकाे छ ।
आज सम्पन्न दुई दिने हाेटल म्यानेजमेन्ट तालिमकाे संयाेजक जेसीस आदित्य गुप्ताका अनुसार २९ गते शुक्रबार दिउँसाे २ बजे देखि शुरू गरिएकाे तालिम आज दिउँसाे १ बजेदेखि शुरू गरि सम्पन्न गरिएकाे बताउनु भयाे ।
तालिममा हाेटल म्यानेजमेन्ट सम्बन्धी जस्तै ग्रहकहरूलाई सेवा कसरी दिने, रूमहरूकाे व्यवस्थापन कसरी गर्ने, पाहुनाहरूसित कसरी व्यवहार गर्ने, वेटरहरूमा के के गुण हुनु पर्ने, खानाहरूकाे प्रकार बारे ग्रहकलाई कसरी बुझाउने लगायत बारे तालिममा सहभागीहरूलाई सिकाउने कार्य गरेकाे तालिम संयाेजक जेसीस गुप्ताले बताउनु भयाे ।

नेपालगन्ज जेसीस वर्ष २०२३ का अध्यक्ष राेशन केसी, महासचिव माेहित, तालिमका सहसंयाेजक लक्ष्मण पन्थी लगायत सम्पुर्ण जेसीस सहभागीहरलाई तालिम संयाेजक गुप्ताले धन्यबाद ज्ञापन गर्नु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *