Wednesday, April 15सत्यम खबर
Shadow

भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच दुई पक्षीय वार्ता

काठमाण्डौ, ८ अषाढ – अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच दुई पक्षीय वार्ता भएको छ ।

भ्रमणको दोस्रो दिन प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनको वार्ताको क्रममा रक्षा र एचवान बी भिसा सम्बन्धी महत्त्वपूर्ण सम्झौताहरू भएको छ।

सम्झौता अनुसार भारत र अमेरिकाको सम्बन्धलाई थप सुदृढ बनाउन दुई भारतीय सहरहरुमा अमेरिकी वाणिज्य दूतावास खोलिने छ। त्यस्तै भारतीय लडाकु विमानको इन्जिन अब भारतमा नै बन्ने छ। अमेरिकाले अब एचवान बी भिसा प्रकृयामा पनि केहि महत्त्वपूर्ण परिवर्तन गर्ने भएको छ।

यो परिवर्तन भारतीय विद्यार्थीहरुको हितलाई मध्यनजर गर्दै गरिन लागेको जनाएको छ। गत वर्ष अमेरिकाले एक लाख पच्चिस हजार भारतीय विद्यार्थीहरूलाई भिसा प्रदान गरेको थियो । खबरहब

Leave a Reply

Your email address will not be published. Required fields are marked *