
सकिल अहमद राई
जानकी, २१ जेठ – बाँकेको जानकीमा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद शाखा मानपुर बाँकेले एकिकृत शैक्षिक व्यवस्थापन सुचना प्रणाली सम्वन्धि २ दिने क्षमता विकास तालिम आईतवारदेखि शुरु गरेको छ ।
जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद शाखा मानपुर बाँकेको आयोजनामा लुम्विनी प्रदेश सरकारबाट हस्तान्तरित मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रम सम्वन्धि जनशक्तीको क्षमता विकास तालिम गरिएको हो ।
२ दिने क्षमता विकास तालिममा पालिकाका ३९ वटा आ.वि. र मा.वि.का शिक्षकहरूले सफ्टवयर सम्वन्धि जनशक्तीको क्षमता विकास तालिममा सहभागिता भएका छन् ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जानकी गाउँपालिका स्वास्थ्य शाखा १ नम्वरमा बाँके जिल्लामा गैरहेको स्वास्थ्य शाखाका कर्मचारीको मात्र नभई सम्पुर्ण बाँके जिल्लाको नाम रहेको बताए । जसले गर्दा सम्पुर्ण शिक्षकहरुले चाहेपछी गाउँपालिकाको शिक्षकहरु, विधार्थीहरु गुणस्तरिय शिक्षामा फट्को मार्ने आफ्नो धारणा राखेका थिए । साथै गुणस्तरिय शिक्षाको लागी गाउँपालिकाको अध्यक्ष हैसियतले गर्नुपर्ने सबै सहयोग गर्न आफु तयार रहेको सम्पुर्ण कर्मचारी र शिक्षकहरुको पनि आफुलाई सहयोग हुनुपर्ने बताए ।
त्यसैगरी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा मानपुर बाँकेकी प्रमुख कृष्णाकुमारी भण्डारीले लुम्विनी प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम अन्तर्गत मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रमको विशेष अनुदानबाट ३९ वटा आ.वि. र मा.वि. तहका शिक्षकहरुलाई सफ्टवयर सम्वन्धि जनशक्तीको क्षमता विकास गर्ने परियोजना तालिममा एकिकृत शैक्षिक व्यवस्थापन सुचना प्रणाली सम्वन्धि २ दिने तालिमको आयोजना गरिएको बताईन ।
साथै शिक्षा, युवा तथा खेलकुद शाखा मानपुर बाँकेकी प्रमुख भण्डारीले मुख्य उद्देश्य नेपाल सरकार शिक्षा तथा मानव श्रोत विकास केन्द्रले प्रत्येक वर्ष विधालयमा हुने सम्पुर्ण तथ्याङ्कहरुलाई शैक्षिक सत्रको प्रारम्भ मै एकिकृत रुपमा भर्नुपर्ने भएकाले तामिको आयोजना गरिएको बताईन । उनले एकिकृत शैक्षिक व्यवस्थापन सुचना प्रणालीमा भरिएको विवरणको आधारमा नै वजेट निर्धारण हुने भएको हुँदा तालिमलाई मुख्य रुपमा लिईएको समेत बताईन ।
कार्यक्रममा जिल्ला समन्वयकर्ता भिम रावतले शिक्षकहरुले आत्मैदेखि महसुस गरेमा संस्थागत विधालयभन्दा सामुदायिक विधालयहरुमा गुणस्तरिय शिक्षा हुने बताए । उनले शिक्षकहरुले आफ्नो जिम्मेवारी हो भन्ने कुराको मनन गर्नुपर्ने समेत आफ्नो धारणा व्यक्त गरे ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, पालिकाका प्रमुख प्रशासकिय अधिकृत सिंहराज डाँगी, शिक्षा, युवा तथा खेलकुद शाखाकी प्रमुख कृष्णा कुमारी भन्डारी, शिक्षा, युवा तथा खेलकुद शाखाकी प्राविधिक सहायक झुमीकुमारी वली, शुचना प्राविधिक शाखाका प्रमुख विकास जि.सि., परामर्षदाता शोहराव अलि दर्जी, प्रशिक्षात्री शिक्षकहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको प्रशिक्षण नेपाल सरकार शिक्षा तथा मानव श्रोत विकास केन्दका समवेदना कोईरालाले दिएका थिए ।
