Thursday, September 25सत्यम खबर
Shadow

बाँकेमा कोरोना संक्रमित दुई जनाको मृत्यु

नेपालगन्ज, १३ असोज – बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोभिड वार्डमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका वडा नंं १० का ५३ वर्षीय पुरुष र नेपालगन्जका ४१ वर्षीय पुरुषको मृत्यु भएको छ । नेपालगन्जका मृतक नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन् । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले एकजना संक्रमितको उपचारका क्रममा गएराति र एक जनाको बिहान ४ बजे मृत्यु भएको पुष्टि गरेका छन् ।


दुवैजनालाई प्लाज्मा थेरापी र रेम्डिसिभिरबाट उपचार भइरहेको थियो । दुवैजना भेन्टिलेटरमा थिए । नेपालगन्जका मृतकको घर दाङको घोराहीमा रहेको थियो । उनी लामो समयदेखि नेपालगन्जमा बस्दै आएका थिए । यो सँगै बाँकेमा ४ महिला सहित १५ जनाको मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *