Wednesday, April 29सत्यम खबर
Shadow

चिनियाँ राजदूतले भेटे प्रचण्ड, दिल्लीबाट फर्केर बेइजिङ जाने

काठमाण्डौ, १२ जेठ – भारत भ्रमणको तयारी गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विहीबार चिनियाँ राजदूत छन सोङले भेटेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न राजदूत सोङ राजनीतिक ब्यूरो चिफसहित बिहान बालुवाटार पुगेका थिए । भेटमा दिल्ली भ्रमणबाट फर्केपछि चीन भ्रमणको मिति तय गर्नेबारे छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो ।

पहिलोपटक प्रधानमन्त्री बन्दा प्रचण्डले सुरुमा चीन भ्रमण गरेका थिए । चीनबाट फर्केपछि औपचारिक रूपमा पहिलो विदेश भ्रमण भारतमै हुने भन्दै दिएको अभिव्यक्ति चर्चामा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *