Friday, May 1सत्यम खबर
Shadow

अनेमसंघ बाँके इन्चार्जमा अछरी

नेपालगन्ज, ८ जेठ – अखिल नेपाल महिला संघको दोस्रो केन्द्रिय कमिटिको बैठकले बाँके इन्चार्जमा अछरी पोखरेललाइ चयन गरेको छ । जेठ ५र६गते काठमाण्डौमा सम्पन्न अनेमसंघको देस्रो बैठकले ७७ वटै जिल्लामा कार्यविभाजन गरी विभिन्न आयोगका संयोजक, इन्चार्ज र सह इन्चार्ज तोकी कार्यविभाजन गरेको हो ।
अनेमसंघ केन्द्रको गत चैत्र २५र २६गते काठमाण्डाैमा सम्पन्न सातौ सम्मेलनमा बाँकेबाट केन्द्रिय सदस्यहरुमा अछरी पोखरेल, सरस्वती मल्ल, सावीया प्रविण अन्सारी, श्रृजना आचार्य, सुनिता तिवारी गरी ५ जनालाइ चयन गरेको थियो । अनेमसंघ केन्द्रिय अध्यक्ष टुका हमालको अध्यक्षतामा सम्पन्न बैठकमा कार्य विभाजन, जिम्मेवारी हस्तान्तरण, बार्षीक कार्ययोजना, सचिवालयले गरेका निर्णयको अनुमोदन, मदन–आश्रित स्मृति दिवस जस्ता एजेण्डामाथि विभिन्न निर्णय गरेको छ ।
बैठकमा ७७ वटै जिल्लाका २सय ५०भन्दाबढि महिलाको उपस्थिति रहेको थियो । उक्त बैठकमा नेकपा एमाले पार्टी महासचिव शंकर पोखरेलले अनेमसंघमा रहेका महिलाले समाजमा रहेको असमानता, लैंगिक हिंसा, लैंगिक विभेदका साथै समाजमा कुनैपनि महिला अप्ठेरो परिस्थितिमा परेको बेला अनेमसंघले सहयोग गर्न पनि निर्देशन दिनु भयो । साथ अनेमसंघले पार्टीलाइ बलियो बनाउन महिलाको पनि हात हुने भएका कारण घरघरमा अनेमसंघ, हरघरमा अनेमसंघ भन्ने मूल नारा तय गरेको छ ।
यसैगरी नेकपा एमाले स्थाइ कमिटि सदस्य सुजिता शाक्यले पार्टीलाइ अप्ठेरो परेको बेला अनेमसंघ सतिसाल जस्तै उभिएको स्मरण गदै महिला अधिकारका सवाल अनेमसंघले पुर्याएको योगदानको चर्चा गर्दै महिला संगठित हुँदै आफ्नै घर बनाउने अभियानमा लाग्नपनि निर्देशन दिनु भयो ।
नेकपा एमाले मोर्चा संगठन विभाग प्रमुख भानुभक्त ढकालले पार्टी बलियो हुन जनवर्गीय संगठन बलियो हुनु पर्ने भन्दै पार्टीमा केन्द्रिय सदस्य भएका महिला अनेमसंघमा बस्न नपाउने र युवा महिलालाई बढिभन्दा बढि ल्याउनमा पहल गर्न निर्देशन दिनु भयो ।
अनेमसंघका केन्दिय महासचिव पेम्वा लामाद्धारा संचालन गरीएको बैठकमा अनेमसंघ केन्द्रका इन्चार्ज सीता पौडल, अनेमसंघका निवर्तमान संयोजक थममाया थापा लगायतले अनेमसंघ बलियो बनाउनमा सुझाव दिएका थिए । बैकठमा सम्मेलनबाट निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र समेत वितरण गरीएको थियो ।
बैठकले ७ बटै प्रदेशमा भेला र प्रशिक्षण संचालन गर्ने, आगामी बैठक मंशिरमा वस्ने, सदस्यता अभियानलाई व्यवस्थीत र अभिलेख अद्यावधिक गर्ने, युवाको नेतृत्व विकास अभियान संचालन गरी किशोर किशोरीलाइ आत्मरक्षा तालिन दिने, युवा महिलाका लागि सातै प्रदेशमा बैचारिक प्रशिक्षण सञ्चालन गर्ने, महिला मुक्ती प्रकाशन गर्ने, अनेमसंघ इबुलेटिन प्रकाशन गर्ने, महिला जनप्रतिनिधिहरुको चिनारी भाग –२ प्रकाशन गर्ने, जनप्रतिनिधिलाई प्रशिक्षण दिने, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने, महिलाका विशेष मुद्दा पहिचान गर्ने, विभिन्न दिवश मनाउने : महिला अधिकार दिवश जेठ १६, हरितालिका तिज, दशै तिहार शुभकामना : देउसी भैलो, अन्तर्राष्ट्रिय श्रमिक दिवश : (नोभेम्बर २५देखि डिसेम्वर १०सम्म), अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश मार्च ८ (अनेमसंघ स्थापना दिवश), महिला नेतृत्व बारे अध्ययन अनुसन्धान गर्ने, राजनीतिक महिला व्यक्तित्वका बारेमा खोज तथा अभिलेखिकरण गर्ने जस्ता विषय राखेर बार्षिक कार्ययजना निर्माण गरेको अनेमंघका केन्द्रिय उपाध्यक्ष शर्माीला कार्कीले जनाकारी गराउनु भयो ।
यसै विचमा अनेमसंघ लुम्विनी प्रदेशका उपाध्यक्ष मेनका पोखरेलको प्रमुख आतिथ्यतामा लुम्बिनी प्रदेशका केन्द्रिय सदस्यहरुको भेलाले जेठ १७गते बुटवलमा प्रदेशस्तरीय बैठक बस्ने र जेठ २७,२८मा लुम्बिनी प्रदेश स्तरीय भेलाको आयोजना गर्ने निर्णय गरीएको अनेमसंघ लुम्विनी प्रदेशका सचिव विना ज्ञवालीले जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *