Friday, May 1सत्यम खबर
Shadow

क्यान्सर पीडित गंगाद्वारा सहयोगको याचना

नेपालगन्ज, ४ जेठ – नेपालगंज उपमहानगरपालिका वडा नं २० मा डेरा गरी बस्ने बर्ष ४३ की गंगा गुरुङ्ग पेटको क्यान्सरबाट ग्रसीत हुँदा आर्थिक अभावमा उपचारका लागि तड्पिएकी छिन् । उनका हाल बिपी कोईराला मेमोरीएल क्यान्सर अस्पताल भरतपुरमा उपचार भईरहेकोे १ बर्ष जती भएको छ । गुरुङ्गका पति सामान्य मजदुरी काम गर्ने भएकाले पर्याप्त रकम अभावमा उपचार प्रभावित भएको छ ।
सरकारले दिने पैसा पनि खर्च भइसकेको र आफुहरुसंग पनि थप उपचारका लागि पैसा नहुँदा समस्या उत्पन्न भएको गंगाका पति मनु गुरुङ दुखेसो पोख्छन् । आफ्नो ज्यालादारीको कामले बालबालिका एकातिर पालनपोषणमा समस्या छ भने अर्कोतिर श्रीमती बचाउन चुनौती भएको उनको गुनासो छ । ऋण सापट तथा स्थानीयको पहलमा संकलन भएको करिव १८ लाख रकम उपचारमा खर्च भइसकेको छ ।
मनु गुरुङ्गः–गंगा गुरुङ्गका श्रीमान (सेण्डो लगाएको)
गंगाका श्रीमान १ बर्षदेखी श्रीमतीको उपचारमा खटिँदा त्यही ज्यालादारीको काम पनि राम्रोसंग गर्न पाएका छैनन् । काममा जान पनि नपाउने आम्दानीको श्रोत केही नभएको उनी वताउँछन । डाक्टरको भनाई अनुसार जेठ ७ गते पुन अपरेसन गर्नुपर्ने र सोको लागी आफुहरुसंग उपचार खर्च नभएकोले आम मनकारी मानुभावहरुलाई सहयोगको लागी आवहान गरेको उनीहरुले बताए ।गंगाका अनुसार आफूसंग भएको धन सम्पती सवै उपचारमा सकिएकोे ७ गते आईतवार अप्रेसन गर्नुपर्ने भएकोले देश बिदेशमा रहनुभएका संपूर्ण नेपालीहरुलाई सहयोगको लागी आव्हान गरेकी छन । उनले आव्हान संगै आफू बाँच्न चाहेको पनि बताएकी छन।
गंगा गुरुङ्ग ः– क्यान्सर पीडित (रातो कुर्ता, कपाल नभएको)
गंगा गुरुङ्गको सहयोगको लागी प्रभु बैंकको खाता नं ००५००३८२०१४०००१२, मा गंगा गुरुङ्ग कै नाममा रहेको खातामा रकम जम्मा गरी सहयोग गर्न पीडित परिवारले याचना गरेका छन् । सम्पर्क नं ९७६५५१६००० र ९८४८२२२९०८ मा सम्पर्क गर्न पनि सक्नुहुने छ । तपाँईहरुको सानो सहयोगले कसैको जिवन जोगिन्छ र बच्चा बच्चीले आमा पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *