Sunday, April 26सत्यम खबर
Shadow

कोहलपुरमा रक्तदाताहरु संगठित हुँदै

कोहलपुर, १४ बैशाख – नेपालगन्ज पछिको दोस्रो नगर कोहलपुरमा रहेका स्वयम्सेवी रक्तदाताहरुले नेपाल स्वयम्सेवी रक्तदाता समाज गठन गर्नको लागि पहल गर्दैछन् । स्वयम्सेवी रक्तदाता तथा स्थानीय नागरिक समाजका अगुवा चिन्तामणि धितालको संयोजकत्वमा आज बुधवार सम्पन्न स्वयम्सेवी रक्तदाताको भेलाले नेपाल स्वयम्सेवी रक्तदाता समाज गठन गर्नका लागि पहल शुरु गरेको हो ।
नेपाल स्वयम्सेवी रक्तदाता समाज, बाँकेकी अध्यक्ष दिला शाहको विशेष उपस्थिति र चिन्तामणि धितालको अध्यक्षतामा सम्पन्न उक्त भेलाले निकट भविष्यमा कोहलपुर नगर क्षेत्रका स्वयम्सेवी रक्तदाताहरुको भेलाको आयोजना गरेर कोहलपुर नगरपालिका स्तरीय नेपाल स्वयम्सेवी रक्तदाता समाज गठन गर्नका लागि धिताल कै संयोजकत्वमा सात सदस्यीय तयारी समिति गठन गरिएको छ ।
सो समितिमा जयश्वर पौडेल, दिपा बस्नेत, लक्ष्मण राज पौडेल, दिनेश सिग्देल, जगत रामदान र गोविन्द वाग्ले सदस्य रहेका छन् ।
भेलामा नेपाल स्वयम्सेवी रक्तदाता समाजको पृष्टभूमि र मानव जीवनमा रक्तदानको महत्वका बारेमा प्रकाश पार्दै समाजका सल्लाहकार पूर्ण लाल चुकेले सबै स्वयम्सेवी रक्तदाताहरुलाई संगठित भएर रक्तदान महादानको अभियानलाई साकार पार्न आग्रह गर्नु भएको थियो । हाम्रो एक पिन्ट रगतले रगत नपाएर छट्पटिएका कुनै एक विरामीले नयाँ जीवन पाउँछ भने हामीले आफ्नो शरीरबाट खेर गइरहेको रगत दिन अरुलाई पनि उत्प्रेरित गर्न सबैलाई अनुरोध गर्नुभयो ।
सो अवसरमा नेपाल स्वयम्सेवी रक्तदाता समाज, बाँकेकी अध्यक्ष दिला शाहले यो उत्कृष्ठ मानव सेवाका लागि सबै रक्तदाताहरुलाई समाजसंग जोडिएर हातेमालो गरेर यो महान अभियानमा सहभागी हुन आव्हान गर्नु भएको थियो ।
भेलामा कोहलपुर उद्योग व्यापार संघका अध्यक्ष लक्ष्मण राज पौडेल, लायन्स क्लव अफ कोहलपुरका अध्यक्ष सन्दीप आचार्य, नेपाल रेडक्रस सोसाइटी कोहलपु उपशाखाका अध्यक्ष दिनेश सिग्देल, नेपाल स्वयम्सेवी रक्तदाता समाज, बाँकेका कोषाध्यक्ष मनमोहन वर्मा, समाजका सदस्य होमराज गिरी लगायत करीब दुई दर्जन रक्तदाताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *