Monday, May 4सत्यम खबर
Shadow

बारा क्षेत्र नम्बर २ उपनिर्वाचनको सन्दर्भ

काठमाण्डौ, ८ बैशाख – यही वैशाख १० गते आईतवारका दिन बारा क्षेत्र नम्बर २ मा हुने गइरहेको उप निर्वाचनमा मतदाता आकर्षित गर्न उमेदवार सँगै पार्टीहरु उत्साहका साथ ठूलो शक्ति लगाएर आफ्ना गतिविधिहरु तिव्र बनाएका छन् ।
टोलटोलमा भेला, घरदैलो, क्षेत्रीय भेलासँगै उमेदवारहरु गहँु भित्रयाउने समयमा मतदाताहरु संग आफनो पक्षमा मतदान गर्न खेत खेतमा पगेर भेट्ने कार्यलाई तिव्रता दिएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा), नेकपा एमाले, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र आम जनता पार्टी लगायत अन्य सस्वतन्त्र उमेदवार सहित ३४ जनाले क्षेत्र नम्वर २ को उपनिर्वाचनमा प्रचारप्रसारलाई भब्य चुनावी तयारी गरेका छन् ।
यस पटक दलहरुले चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन् । सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री समेत रहेका उपेन्द्र यादवलाई उमेदवार बनाएको छ । यस अघि सोही पार्टीका रामसहाय प्रसाद यादवले नेकपा एमालेको सहयोगमा यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा चुनाव जितेका थिए ।
उहाँ उपराष्ट्रपती बने पछी यहाँ उपचुनाव हुन लागेको हो । जसपाले नैं जितेकाले यस पटक जसपा कै उमेदवार यादवले सहजै चुनाव जित्ने अनुमान गरिए पनि उनलाई त्यति सजिलो भने छैन । जसपा अध्यक्ष यहाँका स्थायी बासिन्दा नभएका कारण र जनमतका सिके राउतका कारणले उनलाई तेति सहज भने देखिएको छैनन् ।
यता आगन्तुक उमेदवारलाई भोट दिन नहुने मत बलियो छ । यस अघि उनकै पार्टीले पटक–पटक जिते पनि यस क्षेत्रका जनताहरुको समस्या धेरै रहेको सडक राम्रो नभएको, शिक्षामा गुणस्तर नभएको, कृषिमा सिचाईको र मलको व्यवस्था हुन नसकेको यादव आँफैले स्विकारेका छन् ।
यता नेकपा एमालेले पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई निर्वाचनमा उतारेको छ । उनी यस क्षेत्रका लागि प्रभावशाली नेता मानिन्छन् । एमाले पोलिटब्युरो सदस्य एवंम् मधेश प्रदेश सहईन्चार्ज समेत रहेका पौडेलको यस क्षेत्रमा आफ्नैं खालको क्रेज छ । उनको जितका लागि एमालले कुनै कसर बाँकी राखेको छैनन् ।
जनताले आफ्नों सामुन्ने काम गरेको, दुख सुखमा साथ दिएको संस्कृती परम्परा बुझेको प्रतिनिधी रोज्ने एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले बताउँछन् । अन्य क्षेत्रका जनताले अस्विकार गरेका र यसै क्षेत्रमा पनि भर्खरैको चुनावमा ५ वर्ष घरमा बस भनेर जनताले ठोस सन्देश दिदा समेत अटेरी गरी पुनः चुनाव लड्न आएकाले जनताले त्यस्ता आगन्तुकलाई मत नदिने उनले बताए ।
आँफु सँधै जनताको माझ मैं रहेको र जनताको हरेक सुखदुख एवं समस्यामा साथ दिने भएकाले जनताले नेकपा एमालेलाई भोट दिने पौडेल विश्वस्त रहेको छ ।
२०४८ र २०५६ मा एमाले जितेको क्षेत्र भएकाले एमाले यहाँ बलियो नैं मानिन्छ । पौडेललाई चुनावी अभियानमा उर्जा दिन केहि समय अघि एमाले अध्यक्ष केपी शर्मा ओली बारा आएका थिए । पौडेललाई जिताउन अच्युत मैनाली, ज्वाला कुमारी साह, रघुविर महासेठ लगायतका संघिय सांसदहरु पौडेल जिताउ अभियानमा सक्रिय बनेका छन् ।
यसैगरी नेकपा माओवादीका पूर्व नेता शिवचन्द्र कुशवाह हाल जनमत पार्टीबाट चुनावी मैदानमा रहेका छन् । उनी यस क्षेत्रका प्रभावशाली ब्यत्तिको रुपमा परिचित छन् । गत मंसिरको निर्वाचनमा यस क्षेमा ३५४ मते उपराष्ट्रपती रामसहाय प्रसाद यादव सँग पराजित भएका थिए । उनी यस पटक मंसिरको हारको बदला लिन चाहँन्छन् ।
उनलाई कुनै हालतमा जिताउन जनमत पार्टीका अध्यक्ष सिके राउत समेत क्षेत्र मैं खटेर लागि परेका छन् । बिषेश गरी उपेन्द्र यादव र सिके राउतको द्व्न्दको कारण पुनः शिवचन्द्र कुशवाह उठेको यहाँका स्थानिय जानकारहरु बताउँछन् । आँफुलाई जनताले मायाँ गर्ने र बाहरियालाई मत नदिने कुशवाहको दाबी छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले एकको बदला ३ भन्दै चुनावी माहोल बनाउँदै लगेका छन् । उनी आफ्ना उमेदवार पूर्व डिआजी रमेश खरेललाई जिताउँन चाहँन्छन् ।
बारा क्षेत्र नं. २ को निर्वाचन त्रिपक्षीय चौपक्षीय बन्दै गए पनि मूख्य गरी जसपा उमेदवार यादव, एमालेका पौडेल र जनमत पार्टीका उमेदवार कुशवाह बिच प्रतिश्पर्धा हुँने सम्भावना रहेको क्षेत्र नं. २ का स्थानिय रामसुरथ विश्वकर्माले बताए । उनका अनुसार हामीले धेरै पटक भोट हालेर जिताएर पठायौं तर, आफ्नों गाँउको विकासको लागि कसैले पनि केहि नगरेको उनले गुनासो गर्दै सधै उनीहरुको सस्तो प्रलोभनमा परेर यहाँका जनताहरु ठगिदै आएको निरासा व्यक्त गरे । तराई टप

Leave a Reply

Your email address will not be published. Required fields are marked *