Monday, May 4सत्यम खबर
Shadow

ब्रह्माकुमारीजद्वारा कर्तव्य गर्ने नारीहरुलाई सम्मान

नेपालगन्ज, ८ बैशाख – मातातीर्थ औंसीको अवसर पारेर ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल, क्षेत्रीय कार्यालय, नेपालगन्जले समाजमा उल्लेखनीय भूमिका निर्वाह गर्ने, कर्तव्य गर्ने नेपालगन्जका नारीहरुलाई सम्मान गरेको छ । कार्यक्रम संस्थाका केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीको अध्यक्षता, पुर्व मन्त्री प्रदेश सभा सदस्य मा.नमुना के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।
पुर्व मन्त्री प्रदेश सभा सदस्य मा.नमुना के.सी., शिक्षा क्षेत्रमा योगदान दिने पुर्व धम्बोजी मा.वि.का प्राचार्य किरण आचार्य, अनेकौं वृद्धवृद्धाहरुको उध्दार गरेर संरक्षण गरिरहनु भएको नीलसागर सेवा आश्रमका केन्द्रीय अध्यक्ष सरिता खनाल, पुर्व उपमेयर उमा थापा, नारीको न्याय का लागि सशक्त स्तम्भ कलम चलाउने स्तम्भकार मुस्लिम नारी साईबा बानो, भेरी अन्चल अस्पतालका नर्स मेट्रोन दुर्गा लक्ष्मी श्रेष्ठ, वागेश्वरी एकेडमी (वागेश्वरी आ.मा.वि.) का संस्थापक प्रसन्ना राजभण्डारी, फर्स्ट लायन लेडी मीना ढकाल, खेलकुद परिषदको केंद्रीय सदस्य सुमित्रा चौधरी, नेपालगन्ज उद्योग वाणिज्य संघका प्रवक्ता मन्दिरा पाण्डेलाई वहाँहरुको योगदानको कदर गरी मायाको चिनो सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
नारीहरुको हरेक कला होस्, काम होस्, आफ्नो परिवार प्रतिको समर्पण भाव होस्, जिम्मेदारी होस्, उसको सम्मान हरेक दिन गर्न सकेमा परिवारमा, समाजमा शान्ति प्राप्त हुन्छ र हाम्रो मिशन पुरा हुने कुरा नारीको न्यायका लागि सशक्त स्तम्भ कलम चलाउने स्तम्भकार मुस्लिम नारी साईबा बानोले बताउनुभएको थियो
आमा यस्तो शक्ति हो, सन्तान जन्माएर मात्र आमा बन्ने होईन, भूमिकाले आमाको दर्जा दिने रहेछ, हर हिसाबले अभिभावकत्व दिनसक्ने महान नारी महान आमा हुनसक्ने र जन्म दिने आमा हुँदा सबै कुरा भएको महशुस हुने कुरा पुर्व मन्त्री प्रदेश सभा सदस्य मा.नमुनाले बताउनुभयो ।
भगवानले जब नारीलाई सम्मान गरेर आजभन्दा ८७ वर्ष अगाडि गद्दीमा राखेपछि विद्वत मण्डलीमा समेत एउटा ठूलो हलचल आएको थियो, त्यसपछि विस्तारै सबैतिर हरेक क्षेत्रमा नारी अगाडि बढ्दै आएको कुरा बताउदै आसुरी प्रवृत्तिहरुलाई नाश गर्ने शक्ति हो नारी, ईश्वरले सम्मान गरेको नारी हीरा जस्तै चम्किदै अघि बढ्नुपर्छ , जतिसुकै अपमान गरेपनि नारीले आफ्नो शक्ति र खुवीलाई कम गरेन् र गर्नु हुँदैन राजयोगिनी ब्र.कु.दुर्गा दिदीले भन्नुभयो ।
कार्यक्रममा क्षेत्रीय सचिव ब्र.कु.कृष्ण बहादुर रानाभाटले आमाको मीठो सम्झना भन्ने भावनात्मक कविता, ब्र.कु.ज्योति जंगलेआमाको महिमा कविता, आमाका सम्झना सहितको मर्मस्पर्शी नृत्य कु.आकृसी, कु.आकांक्षा र ब्र.कु.संगिताले प्रस्तुत गरेको कार्यक्रमको सहजीकरण ब्र.कु.मुनाले गर्नुभएको कार्यक्रममा सम्पूर्ण उपस्थित १०० बढी आमाहरुको सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *