Friday, May 1सत्यम खबर
Shadow

भारतको अर्थतन्त्र थप बलियो बन्दै, आईएमएफले गर्‍यो यस्तो प्रक्षेपण

काठमाण्डौ, ३ बैशाख – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारतको अर्थतन्त्र तीव्र गतिमा वृद्धि भइरहेको बताएको छ।
आईएमएफको प्रमुख प्रकाशन ‘विश्व आर्थिक परिदृश्य’मा वित्तीय क्षेत्रको उथलपुथल, उच्च मुद्रास्फीति, रुस-युक्रेन युद्ध तथा कोरोना महामारीका बाबजुद भारत विश्वको सबैभन्दा छिटो अर्थतन्त्र सुधार्ने मुलुक बन्दै गइरहेको जनाएको छ।
आईएमएफले जारी गरेको विश्व आर्थिक परिदृश्यमा यसअघि गरिएको सन् २०२३-२४ मा भारतको आर्थिक वृद्धिको ६.१ प्रतिशतको प्रक्षेपणलाई सच्च्याउँदै ५.९ प्रतिशतमा सीमित हुने उल्लेख गरिएको छ। आर्थिक वृद्धिको प्रक्षेपणमा उल्लेखनीय गिरावट भए पनि भारत विश्वको सबैभन्दा द्रूत वृद्धि हुने अर्थतन्त्रका रूपमा रहने जनाइएको छ।
चालु आर्थिक वर्षमा भारतको मुद्रास्फीति ४.९ प्रतिशत र अर्को आर्थिक वर्षमा ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। आईएमएफको वृद्धि पक्षेपण भारतीय रिजर्भ बैंक (आरबिआई)को अनुमानभन्दा कम हो।
भारतको केन्द्रीय बैंकले आर्थिक वर्ष २०२२-२३ मा सात प्रतिशत र यसै महिनाको पहिलोदिनदेखि प्रारम्भ भएको चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ६.४ प्रतिशत हुने आँकलन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *