Thursday, April 30सत्यम खबर
Shadow

नियमित खोप तथा कोभिड–१९ खोप बारे २३ वटै वडामा स्थलगत अनुगमन

नेपालगन्ज, २३ चैत – नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाको अगुवाईमा आज २३ वटै वडाहरुमा नियमित खोप तथा कोभिड–१९ को बुस्टर डोज बारे अनुगमन गरिएको छ ।
अनुगमन कै क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ को शहरी स्वास्थ्य केन्द्रमा बालबालिकाहरु तथा ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य चौकीद्वारा प्रदान गरिने नियमित खोप तथा औषधिहरु सहज रुपमा उपलब्ध हुँदै आईरहेको पाईएको थियो भने कोभिड–१९ को बुस्टर डोज बारे हाल मुस्लिम धर्मावलम्बीहरु रोज (ब्रत) बस्ने गरेको हुँदा उनीहरुले खोप नलगाउने तथा ब्रत समाप्त भएपछि मात्र कोभिड–१९ को खोप लगाउने शहरी स्वास्थ्य केन्द्र प्रमुख केशव राज पौडेलले बताउनुभयो ।
ज्येष्ठ नागरिकहरुलाई निःशुल्क रुपमा उपलब्ध गराउँदै आईरहेको औषधिहरुमा केही समयदेखि कमी देखिएको जानकारी गराउँदै प्रमुख पौडेले भने– “ज्येष्ठ नागरिकहरुमा प्रायः सुगर र प्रेसरको समस्या देखिने भएको हुँदा विगतमा उक्त सम्बन्धी औषधिहरु निःशुल्क उपलब्ध गराउँदै आईरहेको भएतापनि हाल हाम्रो स्वास्थ्य केन्द्रलाई उपलब्ध नभएको हुँदा हामीले उपलब्ध गराउने नसकेको तथा यस बारे सम्बन्धितलाई ध्यानाकर्षण गराई सकेको बताउनुभयो ।”
यस गरी नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ मा शहरी स्वास्थ केन्द्रमा कार्यरत ६ जना स्वास्थ स्वयंसेविकाहरुलाई परिचालन गरिएको छ । प्रत्येक घरमा पुगेर खोप लगाए नलगाएको बारे जानकारी लिंदै नलगाएको घरमा खोप लगाउन प्रेरित गर्ने गरिएको फिल्डमा खटिएकी स्वास्थ्यकर्मी कविताले बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ मा घरदैलो अभियान अन्तर्गत स्वास्थ्य स्वयंसेविका तथा वडा महिला सदस्य समेतले नियमित खोप तथा कोभिड–१९ को बुस्टर खोप बारे चेतना मूलक जानकारी गराउँदै खोप लगाउन प्रेरित गरिरहेको उपमहानगर स्वास्थ शाखाबाट अनुगमनमा खटेका राजन शाहीले जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *