Friday, May 1सत्यम खबर
Shadow

बैंकको चर्को ब्याज लक्षित बृहत विरोध प्रदर्शन

नेपालगन्ज, २० चैत – बैंकको चर्को मिटर ब्याजलाई लक्षित गर्दै नेपालगन्जमा आज सोमबार राष्ट्रिय प्रजातान्त्रिक उद्योग व्यापार संगठन बाँकेले बृहत विरोध ¥याली प्रदर्शन गरेको छ ।
देशको आर्थिक अवस्था दैनिक रुपमा खस्कंदै गईरहेको तथा तस्करहरुले खुला सीमा नाकाको फाईदा उठाईरहेको हुँदा सरकारको आर्थिक नीति नै प्रभावकारी नभएको हुँदा हाल उद्योगी व्यवसायीहरु मारमा परिरहेको हुँदा सम्मानित प्रधानमन्त्री ज्यूलाई ५ बूँदा मागसहित जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत ज्ञापन पत्र बुझाईएको राष्ट्रिय प्रजातान्त्रिक उद्योग व्यापार संगठन बाँकेका अध्यक्ष नन्दलाल वैश्यले बताउनुभयो ।
यसैगरी, देशमा आम जनताहरुलाई सरकारद्वारा राहत दिनुको सट्टा बैंक तथा वित्तिय संस्थाहरुमार्फत आहत दिने तथा बढ्दो महंगीको कार्य व्यवहारले देशका व्यापारी, किसान, विद्यार्थी उपभोक्ताहरु समेतलाई आ–आफ्नो पेशा व्यवसायमा असर र मर्का परिरहेको हुँदा बाध्य भई विरोध प्रदर्शन गरी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री सिंहदरबार, काठमाण्डौमा ज्ञापनपत्र बुझाईएको महासचिव मदनराज शर्माले बताउनुभयो ।
नेपालगन्जको मुटु मानिएको धम्बोझी चौकदेखि सरकारको आर्थिक नीतिको बृहत विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगि ज्ञापन पत्र बुझाईएको थियो ।
उक्त बृहत विरोध प्रदर्शन ¥यालीमा नेपालगन्जका उद्योगी, व्यवसायी गरी करीब २ सय ५० बढीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *