Friday, May 1सत्यम खबर
Shadow

“वार्षिक ललितकला प्रदर्शनी, इती वृतान्त”

काठमाण्डौ, २० चैत्र – नेपालको ललितकला क्षेत्रका निमित्त लायन्स ईण्टर नेशनल अन्तरगत विशेष प्राथमिकतासहित स्थापित लायन्स क्लव अफ काठमाण्डौ फाईन आर्टस्द्वारा क्लवका तर्फको तेश्रो वार्षिक ललितकला प्रदर्शनी काठमाण्डौ आर्ट्स होटल, ठमेलमा विशेष कार्यक्रमका साथ समुद्घाटन भएको छ ।
यहि चैत्र १७ गतेदेखि २३ गतेसम्म सुचारू रहने उक्त वार्षिक ललितकला प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपति नारदमणी हार्तम्छालीले पानसमा दियो बाली उद्घाटन गर्नु भएको छ ।
उक्त प्रदर्शनीको उद्घाटन गर्दै कूलपति हर्तम्छालीले लायन्स क्लव अफ काठमाण्डौ फाईन आर्ट्सको हार्दिक प्रशंसा गर्नु भएको छ । वहाँले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नेपाल भरी छरिएर रहेका र सहि अर्थमा नेपालको ललितकला क्षेत्रको उन्नयनमा लागि परेका कुनै पनि संस्थाहरू र सम्बध्दकला प्रतिभाहरूको हित र भलाईका निमित्त कटिबध्द रहेको बताउनु भएको छ । “बर्तमान प्रतिष्ठान केही फरक र प्रतिबध्द ढङ्गले अगाडि बढिरहेको र ठोस परिणाम दिने लक्षका साथ काम गरिरहेको छ“ वहाँले भन्नू भएको छ ।
उक्त समुद्घाटन कार्यक्रममा बोल्दै उक्त क्लवका पूर्वअध्यक्ष तथा वरिष्ठ लालित्यसर्जक नगेन्द्रप्रसाद पौड्यालले क्लव अन्तर्राष्ट्रिय संस्था लायन्स ईण्टरनेसनलले स्थापित गरेको संस्था भएकोले यस क्लवबाट गरिने कार्यहरू सोही हैसियतमा मान्यता प्राप्त रहने उल्लेख गरे । साथै उनले भविष्यमा क्लवको उन्नयन रनेपालको ललितकला क्षेत्रका निमित्त नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान लेयसलाई आफ्नो पुरक अङ्गका रूपमा ग्रहण गर्न ध्यान दिनुपर्ने वताए ।
सो अवसरमा पूर्वअध्यक्ष पौड्यालले प्रदर्शनीले नेपाली कलामा नयाँ सम्भावनाको ढोका खोलेको बताउनुका साथै यसले नेपाली परिवेश र समसामयिक परिवेशलाई कलात्मक रुपमा उठान गरेको बताए । पौड्यालले भने, ‘क्लबले छोटो समयमै निकै काम गर्न सफल भएको छ । यसलाई अझै व्यवस्थित रुपले अगाडि बढाउनु पर्दछ ।’
उद्घाटन कार्यक्रममा क्लबका उपाध्यक्ष तथा प्रदर्शनीका संयोजक किरण सिगुले प्रदर्शनीमार्फत कलामा अग्रजरनयाँ पुस्ताका कलाकारलाई जोडेको बताउनु भएको छ । उद्घाटन कार्यक्रमको अध्यक्षता गर्दै क्लबका वहालवाला अध्यक्ष चिरञ्जीवी भट्टले ‘कलाकारले त्याग गरेको हुन्छ । त्यसको मूल्यांकन तपाईं दर्शकहरूले गर्नु हुनेछ ।’ भन्नु भएको छ ।
प्रदर्शनीमा अग्रज कलाकारहरू त्रिविविका वयोवृध्द प्राध्यापक चित्रकार राधेश्याम मुल्मी, पूर्वकूलपति चित्रकार केके कर्माचार्य र क्लवका पूर्वअध्यक्ष समेत वरिष्ठ चित्रकारहरू राजेश मानन्धर, रमेशकुँवर, महेश आचार्य डिबी राई, एनवी गुरूङ्ग समेत ४९ जना नेपाली र १ जना अमेरिकन मूर्तिकार ललितकर्मीको सहभागिता रहेको छ ।
पुग–नपुग २ वर्ष अगाडिको सन्दर्भ हो, संस्थापक अध्यक्ष रमेश कुँवरले लायन्स क्लव अफ काठमाडौ फाईन आर्टसको बैठक बोलाउने निर्णय पक्तिकारलाई सुनाए । उक्त बैठकबाट क्लवको नयाँ कार्यावधिका निमित्त अध्यक्षको चुनाव गर्नु पर्ने थियो । क्लवका यथासम्भव सबै सदस्यहरूका निमित्त लगभग पायक पर्ने बैठक–स्थानको चिन्तनले पक्तिकारलाई काठमाण्डौ आर्ट्स होटल, ठमेलको सम्झना गरायो, जससँग उनको लामोमैत्री समेत थियो । पक्तिकारले बैठक सोही होटलमा गराउँने सुझाव गरें ।
बैठकको सर्वसम्मतिले आगामी कालका निमित्त पक्तिकारलाई क्लवको अध्यक्षमा छनौट गरेको निर्णय लियो । अन्य पदाधिकारीहरू समेत चित्रकार कीरण सिगुलाई द्वितीय उपाध्यक्षमा सर्वसम्मत गर्यो । पक्तिकारले तत्काल नै एउटा बृहत्त ललितकला प्रदर्शनीको आयोजन गर्ने र सो आयोजना बैठक बसिरहेको होटलमा नै गर्ने निर्णायक प्रस्ताव प्रस्तावित गरे । कीरण सिगुत्यसको संयोजक रहने गरि प्रस्ताव गरे । अबका दिनमा काठमाण्डौ आर्ट्स होटललाई नै क्लवको ठेगानाका रूपमा स्थापित गर्ने प्रस्ताव गरेर तत्काल नै होटलका संस्थापकसँग सम्वाद बनाई उनीसंग समेत सम्मति हासिल गरे ।
केही महिनापछि पक्तिकारले संयोजकलाई कार्यक्रम खाका तयार पार्न लगाएरकाम सुचारू गर्न झक्झक्याए । शःनैक्लवले सोही होटलमा एउटा कला कार्यशाला सम्पन्न गर्यो र लगत्तै चर्चेय प्रदर्शनीको तयारीमा प्रवेश गर्यो ।
त्यसै परिकल्पनाको परिणाममा क्लवले हालको तेश्रो वार्षिक ललितकला प्रदर्शनीको आयोजनाको सफलता हासिल गरेको छ र लायन्स क्लव अफ काठमाण्डौ फाईन आर्ट्सलाई एउटा हदको सफलताको बिन्दुमा चुल्याएको छ ।
चर्चेय प्रदर्शनीमा एकातिर अमूर्त, अर्धअमूर्त, बिम्बवादी, अभिव्यञ्जनापरक, आदर्शवादी, यथार्थपरक, स्वैरकल्पेय प्रकृतिवादी, सादृष्यपरक, जीवनपर कर धार्मिक बिम्बका कलाकृतिहरूको सहभागिता रहेको छ भने अर्कातर्फ अत्याधुनिककोंणर चिन्तनमा आधारित मृत्तिका मूर्तिहरूको सहभागिता रहेको छ । प्रदर्शनीमा नेत्र प्रियचित्रहरूका रूपमा महेश आचार्य, डिविराई, डिराम पाल्पाली, दीपक कुँवर, गिरीराज शर्मा, जीवन तामाङ्, मेनरा प्रजापति, पूर्णवेनमररेविका शाक्यका चित्रहरू रहेका छन् । रेविका शाक्यको हिमालको चित्र चित्ताकर्षक रहेको छ । प्रदर्शनीमा एनवी गुरूङ्गर भीमबहादुर श्रेष्ठले मुहारचित्र प्रप्स्तुत गरेका छन् । प्रदर्शनीमा अमूर्त चित्रकारका रूपमा नगेन्द्रप्र. पौड्याल, नेमब तामाङ्ग र सुरेमदेसार आएका छन् । अर्धअमूर्त कृतिका साथ केके कर्माचार्य समेतका चित्रकारहरू आएका छन् । कीरण सिगु अभिव्यञ्जनाका साथ आएका छन्।
सरदरमा आयोजित प्रदर्शनी अवलोकनीय र स्तरिय साखमा प्रस्तुत रहेको छ । प्रदर्शनी चैत्र २३ सम्म चालू रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *