Tuesday, March 10सत्यम खबर
Shadow

‘सिमटम अनुसार औषधी उपचार गर्नुपर्छ’ अधिवक्ता ढकाल (तस्वीरबाट केही झलकहरु)

नेपालगन्ज, ८ असोज – सत्यमखबर डटकम र समाज जागरण साप्ताहिकका कानुनी सल्लाहकार अधिवक्ता पूर्णप्रसाद ढकाल १० दिन मै कोरोना जिती बुधबार घर फर्केका छन् ।
अधिवक्ता ढकालले आफ्ना सेवाग्राहीहरुलाई अग्रणी स्थानमा रही कानुनी सेवा प्रदान गर्ने क्रममा अदालतबाटै कोरोना संक्रमित भई छातीमा दुखेको र चेकजाँच गर्ने क्रममा कोरोना संक्रमित देखिएको थियो ।


अधिवक्ता ढकालको अनुभव अनुसार विगत १० दिनको भेरी अस्पताल बसाईमा धेरै जटिल समस्या रहेको पाईयो । मेरै आँखा अगाडी कोरोना संक्रमित ४ जनाको मृत्यु समेत भएको बताउनुभयो ।
अधिवक्ता ढकालले भन्नुभयो– ‘कोरोना संक्रमित भई सकेपछि डाक्टरको सल्लाह अनुसार कार्य गरे, सञ्चो भईन्छ, कोरोनाबाट डराउनु पर्दैन तर सर्तकता भने अति नै अपनाउनु पर्ने हुन्छ, समय–समयमा डाक्टरले दिएको सल्लाहलाई आत्मसाथ गर्न सकियो भने कोरोना मजा जित्न सकिन्छ ।’ बताउनुभयो ।


उहाँले– ‘कोरोना सामान्य होइन, सर्तक रहनु पर्छ, सही समयमा कोरोनाको लक्षण देखिने बित्तिकै सिमटम अनुसार औषधी उपचार गर्नुपर्छ, त्यसो गरे कोरोनाले हामीलाई केही गर्न सक्दैन’ भन्नुभयो– ‘म अब गम्भिर कोरोनाका बिरामीलाई आफ्नो प्लाज्मा दान दिएर ज्यान बचाउने छु ।’ बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *