Sunday, April 26सत्यम खबर
Shadow

दौरा–सुरुवालमा भारतका पूर्वसेनाध्यक्षहरू

काठमाण्डौ, ८ फागुन – नेपाली सेना स्थापनाको २६० वर्ष पुगेको उपलक्ष्यमा मनाइएको सैनिक दिवसमा भाग लिन आएका भारतका चार पूर्वसेनाध्यक्षहरू शनिबार टुँडिखेलमा नेपाली पोशाक दौरा–सुरुवालमा देखिए ।
भारतीय सेनाका अवकाशप्राप्त सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथीहरू विश्वनाथ शर्मा, दीपक कपुर र दलवीर सिंह शुक्रबार नेपाल आएका थिए । उनीहरु नेपाली पोशाखमा यसरी पहिलो पटक उत्रिएका हुन् । नेपाली सेनाले मानार्थ महारथीहरुलाई दौरा–सुरुवालमा उताएर नयाँ झल्को दिने कोसिस गरेको थियो । तर जोगिन्दर जसवन्त सिंहले भने सन् २००५/००६ मा नेपालको राजनीतिक उतारचढाबका कारण त्यस बेला मानार्थ महारथीको दर्ज्यानी चिह्न लाउन नेपाल आएनन् ।

सुरुआतमा ५ जना भारतीय सेनाध्यक्ष आउने भनिए पनि अन्त्यमा शनिबार बिहान आउने भनेका मानार्थ महारथी मनोजमुकुन्द नरवणे आएनन् ।

महाशिवरात्री तथा सेना दिवसमा आएका नेपालका मानार्थ महारथीहरुले कार्यक्रम सकिएपछि नेपालका प्रधानसेनापति प्रभुराम शर्मा र पूर्व प्रधानसेनापतिहरुसँग संयुक्त रुपमा परिवारसहित फोटो खिचेका थिए ।

सेना दिवसको अवसरमा नेपाली सेनाले आइतबार ‘चिफ कन्क्लेभ’ गर्दै छन् । मानार्थ महारथीहरू त्यस कार्यक्रममा पनि सहभागि हुने सेनाले जनाएको छ । नेपालका पूर्व प्रधानसेनापतिहरु पनि उक्त कार्यक्रममा सहभागी रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *