Monday, March 9सत्यम खबर
Shadow

एक सय छब्बिस बालश्रमिक परिवारलाई खाद्यान्न वितरण

नेपालगन्ज, ८ असोज – बाँके युनेस्को क्लबद्वारा नेपालगन्जका अति जोखिममा रहेका १ सय २६ जना बालश्रमिकका परिवारलाई खाद्यान्न राहात सामाग्री वितरण गरिएको छ ।
विश्व शिक्षा इन्टरनेशनलको आर्थिक सहयोगमा क्लबद्वारा सञ्चालन गरिएको सक्रिय परियोजना अन्तर्गत नेपालगञ्ज उपमहानगरको समन्वयमा बुधवार नेपालगन्जका अति जोखिममा रहेका बालश्रमिकका १ सय २६ परिवारलाई खाद्यान्न राहात वितरण गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।


कोभिड १९ को महामारीको बेला अतिनै जोखिममा रहेका बालश्रमिकका परिवारलाई छाक टार्न सहयोग मिलोस् भन्ने उदेश्यले खाद्यान्न राहात वितरण गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
क्लबका अध्यक्ष राजेन्द्र चौधरीले अतिनै जोखिमपुर्ण अवस्थामा रहेका बालश्रमिकका परिवारलाई यो राहात सामाग्रीबाट केही दिनका लागि ठुलो सहयोग पुग्ने बताउँदै सहयोग उपलब्ध गराउने विश्व शिक्षाप्रति आभार प्रकट गर्नुभयो ।


बुधवार यहाँ आयोजना गरिएको एक औपचारिक कार्यक्रममा बालश्रमिकका परिवारलाई बाँके युनेस्को क्ललबका संरक्षक प्रवेज अली सिद्दिकी, अध्यक्ष राजेन्द्र चौधरी, सल्लाहकारहरु नरेन्द्र थापा र सिराज खानले खाद्यान्न वितरण गर्नुभयो ।


क्लबद्धारा वितरण गरिएको खाद्यान्नमा प्रति परिवार २५ किलो चामल, ५ किलो पिठो, २ किलो दाल, २ किलो चिनि, २ किलो नुन, ४ वटा साबुन र ४ वटा मास्क रहेको थियो ।
१२६ बालश्रमिक परिवारलाई वितरण गरिएको खाद्यान्न ४ लाख रुपियाँको रहेको क्लबले जनाएको छ ।
कोभिड १९ का कारण भएको बन्दाबन्दीले गर्दा आर्थिक रुपमा अतिनै गम्भीर खाले समस्या भोगिरहेका बालश्रमिकका परिवारलाई दुई छाक टार्न समस्या भएको बेला सही समयमा पाएको यो सहयोगले ठुलो काम गर्ने प्रतिक्रिया राहात पाउनेहरुले दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *