Sunday, April 26सत्यम खबर
Shadow

भारतका चार पूर्वसेनाप्रमुख नेपालमा

काठमाण्डौ, ८ फागुन – भारतीय सेनाका पाँचजना सेनाप्रमुख नेपाल आउने भएका छन्। सेना दिवसमा निम्तो दिएका मध्ये नेपाली मानार्थ महारथीको दर्जा पाएका चार जना भारतीय सेनाध्यक्ष काठमाडौं आइपुगेका छन् भने एकजना भोलि बिहान आउनेछन्।

चार जना हिजो काठमाडौं आइपुगेका छन् । एक जनाले आज बिहान पौने ९ काठमाडौं आइपुग्ने कार्यतालिका भएपनि भोलि बिहान मात्रै आउने नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी बताए। नेपाली मानार्थ महारथीको दर्जा पाउने भारतका सबै सेनाध्यक्षलाई दिए पनि पाँच जना मात्रै काठमाडौं आउने भण्डारीले बताए।

हिजो चार जना पूर्वसेनाध्यक्ष दलबीरसिंह सुहाग, दीपक कपुर, जोगिन्दरसिंह जसवन्त र विश्वप्रकाश शर्मा काठमाडौं आएका थिए।सैनिक मुख्यालयमा भारतीय पूर्वसेनाअध्यक्षहरुसँग नेपालका पूर्वप्रधानसेनापतिहरु र वर्तमान प्रधानसेनापतिबीच औपचारिक छलफल हुनेछ।

छलफल अगाडि भोलि सैनिक मञ्च टुडिखेलमा सेना दिवसको अवसरमा पहिलो पटक ५ सय ५५ जनाको मादल प्रस्तुति हुनेछ। वर्ल्ड बुक अफ रेकर्डमा नाम लेखाउने गरी पहिलो पटक मादलको प्रस्तुति गर्न लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

सेना दिवसको अवसरमा भारत र बेलायतका सैनिकको ब्याण्ड डिस्प्ले हुने भण्डारीले बताए। सेना दिवसको अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले आज बिहान छाउनीस्थित वीर स्मारकमा श्रद्धाञ्जली दिएका छन्।

सेना दिवसको अवसरमा भारतमा रहेका गैरआवासिय सैनिक सहचारीहरु पनि सहभागी हुने उनले बताए। उक्त अवसरमा भारतीय बेलायती सेनाले पनि आफ्नो प्रस्तुति दिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *