
नेपालगन्ज, ८ फागुन – बिगत २२ बर्षदेखि नेपालगन्जबाट प्रकाशन हुँदै आएको असल शासन पोष्ट साप्ताहिकको २२ औं बार्षिकोत्सवको अवसरमा अन्र्तक्रिया गरिएको छ ।
असल शासन मिडियाको आयोजनामा सो अन्र्तक्रिया भएको हो ।
अन्र्तक्रियामा बोल्दै बास नेपालका कार्यबाहक केन्द्रीय अध्यक्ष शिबकुमार बर्माले असल शासन साप्ताहिक पत्रिकाले भ्रष्टाचार बिरुद्धको बिगुल फुक्ने काम गरेको बताए । निबर्तमान केन्द्रीय अध्यक्ष रमेश सिटौलाले पत्रिकाको लोकप्रियता बिगतदेखि हालसम्म कायम रहेको बताए ।
असल शासन मिडियाका अध्यक्ष तथा असल शासन पोष्ट साप्ताहिकका सम्पादक नमस्कार शाहले पत्रिकाको बिगतदेखि बर्तमानसम्मको अवस्था, आरोह, अवरोह बारे जानकारी दिए । उनले बिभिन्न समस्याका बाबजुत असल शासन पत्रिका भ्रष्टाचार बिरुद्ध सशक्त रुपमा निरन्तर, नियमित हुन सफल भएको बताए ।
कार्यक्रममा असल शासन मिडिया सञ्चालक समिति सदस्य पुरण थारु, पत्रिकाका कार्यकारी सम्पादक हेमराज भट्ट, प्रबन्ध सम्पादक मन भण्डारी, व्यवस्थापक तपेन्द्रबहादुर मलाती, उपसम्पादक रमण वली, बास नेपालकी सहजकर्ता रमिता शाह, प्रशासकिय अधिकृत शुद्ध चौधरी, लेखा अधिकृत राष्ट्रिय बुढा मगर, प्रशासन सहायक श्रुति चौधरी, असल शासन मिडियाकी बजार प्रतिनिधि जानकी बि.क. लगायतले पत्रिकाको बारेमा बोलेका थिए ।
२०५७ साल फाल्गुण ७ गते देखि असल शासन मासिकको रुपमा प्रकाशन हुँदै आएको पत्रिका त्रैमासिक, मासिक, पाक्षिक हुँदै हाल साप्ताहिक रुपमा प्रकाशित छ । पत्रिका हाल प्रेस काउन्सिलको बर्गिकरणमा ग बर्गमा बर्गिकृत छ ।
