Sunday, April 26सत्यम खबर
Shadow

फुल्टेक्रा तालमा पहेलों र लालपेटी ईट्टाको प्रयोग, सम्बन्धित निकाय किन मौन ?

नेपालगन्ज, ३ फागुन – दशकौंदेखि पानी मुहानको रुपमा प्रयोग हुँदै आईरहेको फुल्टेक्रा ताल हाल लथालिंग अवस्थामा पुगेको छ गैर जिम्मेवार निकायहरुले गर्दा ।
बाँके जिल्ला अदालतबाट आदेश भई संरक्षण सम्बद्र्धनको जिम्मा पाएको नेपालगन्ज उपमहानगरपालिकाले फुल्टेक्राबासीहरुको जनचाहना अनुसार कार्य नगर्दा यस्तो अवस्थाको सृजना भएको फुल्टेक्रा संरक्षण समितिका अध्यक्ष मदनराज शर्माको भनाई रहेको छ ।
शर्माका अनुसार ताल संरक्षण गर्ने नाममा जनताको करोडौं बजेट तालको चारैतिरबाट वाल लगाएर बर्बाद गर्नुभन्दा चारै तिर माटो र ईट्टाले कान्ति तालमा बनाए जस्तै बाटो गराएर सहज रुपमा स्थानीयहरु बिहान व्यायाम गर्न सक्ने गरी बनाउ“दा ताल संरक्षण हुनुका साथै स्थानीयहरुलाई स्वास्थ्य लाभ समेत हुने थियो ।
हाल फुल्टेक्रा तालमा फुल्टेक्रा तलाब वाउन्डरी वाल निर्माण योजना अन्तर्गत वाउन्डरी वाल निर्माण गर्ने जिम्मा सौरभ कन्ट्क्सनले पाएको छ । तर उक्त कन्टक्सनले अव्वल ईट्टा प्रयोग गर्नुपर्ने स्थानमा पहेंलो र लालपेटी ईट्टाको प्रयोग गरिरहेको प्रति आक्रोश व्यक्त गर्दै फुल्टेक्रा ताल संरक्षण समितिका कानुनी सल्लाहकार रामकुमार दीक्षितले सम्बन्धित पक्षको मिलोमतो मै यस्तो गर्नु र ईन्जिनियरको मौनताले समेत पैसाको ठूलो चलखेल रहेको बुझिन्छ ।
वाल वाउन्डरी निर्माण गरिरहेका कामदारहरुले समेत यसमा ठेकेदारले लालपेटी र पहेंलो ईट्टा पठाएको हु“दा हामीले सोही प्रयोग गरिरहेको बताएका छन् । यसरी खराब सामान प्रयोग गर्दा वाउन्डरी वालको आयु कम हुने समेत निर्माण गर्ने कामदारहरुको भनाई रहेको छ ।
स्थानीय हितेश भारतीका अनुसार नेपालगन्ज उपमहानगरपालिकाले पहिले नाप गरिसकेको अवस्थामा समेत चारैतिरबाट कही २ मिटर कही ४ मिटर जग्गा छोड्नुले समेत आजको मितिमा निर्माण गरिएको बाउन्डरीको कुनै औचित्य नभएको हुँदा तत्काल काम रोकी सम्बन्धित पक्षले छानबिन गरी पुनः नापी गराई स्थानीयहरुको भनाई अनुसार कान्तिताल जस्तै बाटो बनाउनु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *