Sunday, April 26सत्यम खबर
Shadow

भारतको काश्मीरमा भेटीयो संसारकै तेस्रो ठुलो लिथियम भण्डार

काडमाण्डौ, २ फागुन – भारतको जम्मु काश्मीरमा लिथियमको विशाल भण्डार पत्ता लागेको छ । कुल क्षमता ५९ लाख टन भएको लिथियमको भण्डार भेटिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

काश्मीरमा लिथियमको विशाल भण्डार पत्ता लागेसँगै भारत चिलि, अस्ट्रेलिया पछि संसारकै तेस्रो भण्डारण भएको देशमा गनिएको छ । लिथियमका लागि भारत दोस्रो देशमा निर्भर रहँदै आएको थियो, यो भण्डार पत्ता लागेसँगै भारतको अर्थतन्त्रमा नयाँ कायापलट हुने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

लिथियम एक नान फेरस मेटल हो, जसको प्रयोग मोबाइल, ल्यापटप, विद्युतीय सवारीसहित धेरै इलेक्ट्रोनिक्स सामानहरूमा प्रयोग हुनेछ, जो चार्जेबल ब्याटरी बनाउन अत्यधिक मात्रामा प्रयोग गरिँदै आएको छ ।

भारतले यसको आयातका लागि करोडौँ रुपैयाँ खर्च गर्दै आएको छ । भारतले २०२०–२१ मा मात्रै लिथियम आयन ब्याटरी आयातका ८,८९४ करोड खर्च गरेको थियो भने २०२१–२२ मा मात्रै भारतले १३,८३८ करोड खर्च गरेर आयात गर्नु परेको थियो, जसमध्ये ८० प्रतिशत चीनबाट आयात गरिएको थियो ।

काश्मीरमा लिथियमको भण्डार भेटिए पछि आयात प्रतिस्थापनका साथै निर्यात पनि हुने भएकाले भारतीय अर्थतन्त्रमा यसको महत्त्वपूर्ण योगदान रहने भारतीय अर्थशास्त्रीहरूले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *