
काेहलपुर, २८ माघ – बाँके आयुर्वेद स्वास्थ्य केन्द्रद्धारा निःशुल्क आयुर्वेद तथा बैकल्पीक चिकित्सा स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । कोहलपुर कौशल्यानगर वडा नं.१ मा आयोजित निःशुल्क शिविरमा ५ सय २० जना विरामीको स्वास्थ्य जाँच गरेको बाँके आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा.अनिलकुमार चौधरीले जानकारी गराउनु भयो ।
बाँके आयुर्वेद स्वास्थ्य केन्द्र लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय द्धारा आयेजित शिविरमा २ सय ८८ जना महिला र २ सय ३२ जना पुरुषले निःशुल्क स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा छाला रोग, श्वासप्रश्वास, पायल्स बाथ, टाउको दुःख्ने, महिलाको पाठेघर सम्बन्धि जाँच, अमलपीत्त, कब्जीयत जेण्डिस लगायतका विरामीको निःशुल्क उपचार भएको थियो ।
शिविरको उद्घाटन समारोहमा प्रमुख अथिति कोहलपुर कोैशल्यानगर वडा नं.१ का वडा अध्यक्ष बद्रीप्रसाद जैसीले सम्पुर्ण वडाबासीले स्वास्थ्य रहुन भन्ने उद्देश्यले निःशुल्क शिविरको आयोजना गरेको जानकारी गराए । उनले आयुर्वेदको प्रयोगले मानिसलाई निरोगी बन्नमा सहयोग गर्ने भएका कारण आयुर्वेद औषधि सेवन गर्न समेत सुझाव दिएका थिए ।
कौशल्यानगर श्री कृष्ण मा.वि.का प्र.अ. दिलिप वलीले आयुर्वेदको प्रयोग र महत्वको बारेमा विद्यालयस्तरदेखि नै जानकारी गराउन आवश्यक रहेको बताउनु भयो । उहाँले आयुर्वेदको नियमितरुपमा सेवन गर्नले कतिपय रोग लाग्नबाट बच्न सकिने पनि बताउनु भयो । कोहलपुर आयुर्वेद औषधालयका प्रमुख उदिप श्रेष्ठले विगतको तुलनामा आयुर्वेदको प्रयोग बढ्दै गएको जानकारी गराउनु भयो । बाँके आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिका सदस्य अछरी पोखरेलले आयुर्वेदको महत्व, शिविर सञ्चालनको उद्देश्यका साथै बाँके आयुर्वेदद्धारा १५ शैयाको अस्पताल निर्माण हुन लागेको जानकारी गराउनु भयो ।
शिविरमा बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा.अनिलकुमार चौधरी, डा. गीता रेग्मी, बरिष्ठ बैद्य सीताराम चौधरी, खजुरा गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख किरण खनाल, नागरिक आरोग्य केन्द्र नरैनापुरका प्रमुख रोसन शर्मा लगायतले विरामीको जाँच गरेका थिए । शिविरमा सम्र्पुण विरामीलाइ निःशुल्क औषधि वितरण गरीएको थियो ।कोरोनापछिका पछिल्ला दिनमा आयुर्वेदप्रति नागरिकको चासो बढ्दै गएको छ । बाँके आयुर्वेद स्वास्थ्य केन्द्रद्धारा २३ प्रकारका औषधि निःशुल्क वितरण गरिन्छ । अन्य वडाहरुले पनि यस प्रकारका शिवीर सबै वडामा सञ्चालन गर्न जरुरी रहेको स्थानिय वासीले बताउँछन् ।
