Wednesday, April 22सत्यम खबर
Shadow

रविको क्षेत्रमा स्वतः विजयी घोषणा गर्न उमेश श्रेष्ठको माग

काठमाण्डौ, २४ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि चितवन २ सांसद विहिन भएको छ। उक्त क्षेत्रमा उपनिर्वाचन हुने वताईरहेका वेला निर्वाचनमा दोस्रो भएका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले स्वतः विजयी घोषणाको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिने भएका छन् ।

श्रेष्ठले आइतबार विहान साढे ११ बजे निर्वाचन आयोगमा निवेदन दर्ता गर्ने जनाईएको छ। यसबारे उनले आजै पत्रकार सम्मेलन गर्ने भएका छन्। लामिछानेले कांग्रेसका नेता एवम् तत्कालीन राज्यमन्त्री श्रेष्ठलाई ३४ हजार ३१२ मतले पराजित गरेका थिए।

पाँच दलीय गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले जम्मा १४ हजार ९८८ मत मात्र पाएका थिए । यसैगरी, नेकपा एमालेका नेता कृष्णभक्त पोखरेल तेस्रो भएका थिए।

तर लामिछाने नागरिकता सम्बन्धि मुद्दाबारे सर्वोच्च अदालतको फैसलाले ७२ दिनमै पदमुक्त भएका थिए । लामिछानको रास्वपाले भने तत्काल उपनिर्वाचन गर्न माग गरेको छ । शनिबार राति बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले उपनिर्वाचन छिटो भन्दा छिटो गर्न माग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *