Wednesday, April 22सत्यम खबर
Shadow

वर्षौ पछि हट्ने भयो भारतीय बाटो प्रयोग गर्ने बाध्यता

नरैनापुर, २३ माघ – बाँकेको नरैनापुर गाउँपालिका आउनका लागि नरैनापुर-२ रोसनपुर्वाका स्थानीयवासी अहिले पनि भारतीय बाटो प्रयोग गर्न बाध्य रहेको बताएका छन् । नरैनापुर गाउँपालिकाले ३ करोड लागतमा रोसनपूर्वाको रोड निर्माण सुरु गरेपछि स्थानीयहरु हर्षित भएका छन् ।
गाउँपालिकाको दक्षिण कुनामा भारतीय सीमासँग जोडिएको रोसनपुर्वा गाउँका बासिन्दा राज्यकोे उदासिनताका कारण आफ्नै पालिका आउनका लागि वर्षौदेखि भारतीय बाटो प्रयोग गर्न बाध्य रहेको स्थानीयवासी मोहम्मद मुज्ममीलले बताउनु भयो ।
रोसनपुर्वाबाट आफ्नै देशको भूमि प्रयोग गरेर गाउँपालिका र सदरमुकाम आउने यातायातको सुविधा नभएका कारण त्यहाँका बासिन्दाले भारतीय बाटो प्रयोग गर्न बाध्य भएको अर्का स्थानीयवासी नजिर खाँकाे भनाई रहेकाे थियो ।
वर्षौपछि गाउँपालिकाले बाटोको निर्माण सुरु गरेपछि स्थानीयहरु उत्साहित भएका छन् । स्थानीय नजिर खाँले भन्नुभयो, “हाम्रा बच्चाहरु स्कुल जान पाएका थिएन्न, नियमित रुपमा लगाईने खोप सहित शिक्षा, स्वास्थ्य र मतदान गर्न पाउने अधिकारबाट बन्चीत हुँदै आईरहेका थिए । तर अब बाटाे बन्ने भएपछि सहजता आउने बताउनुभयाे ।”
६ किलोमिटरको बाटो तय गर्न उनीहरुलाई भारतीय बाटो प्रयोग गर्दा रु १५० र अढाई घण्टा समय लाग्ने गरेको स्थानीयवासी राजेश यादवले बताउनु भयो ।
नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुर गाउँपालिकासँग रोसनपूर्वालाई जोडने नेपाली सडक वर्षौपछि ३ करोड लागतमा निर्माण सुरु गरिएको बताउँदै अब रोसनपूर्वाका नागरिकहरुलाई भारतीय बाटो प्रयोग गर्नु पर्ने बाध्यताको अन्त्य हुने दाबी गर्नु भयो ।
योजना शाखा प्रमुख प्रकाश अधिकारीले ६ किलो मिटरको बाटो निर्माण सुरु भएको जानकारी गराउँदै ५ महिना भित्रै सडकको निर्माणको काम सम्पन्न गरिने जानकारी दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *