Tuesday, April 21सत्यम खबर
Shadow

भारतले ल्यायो नयाँ बजेट, नेपाललाई करिब ९ अर्ब सहयोग

काठमाण्डौ, २३ माघ – भारत सरकारले आफ्नो नयाँ बजेटमा नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ (आठ अर्ब ८० करोड नेपाली रुपैयाँ) सहयोग रकम छुट्याएको छ ।

सन् २०२३/२४ का लागि भारतीय वित्तमन्त्री निर्मला सीतारमणले ल्याएको बजेटमा नेपाललाई करिब ९ अर्ब सहयोगको घोषणा गरिएको हो । यो बजेटले नेपालका विभिन्न पूर्वाधार विकासमा टेवा पुर्याउने गरेको छ ।

भारत सरकारले दक्षिण एसियामा नेपालसहित भुटान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र माल्दिभ्सलाई सहयोग रकम छुट्याएको छ । भुटानलाई २४ अर्ब भारु र अन्य छिमेकी तथा मित्रदेशहरूका लागि ५४ अर्ब भारु सहयोग गर्ने घोषणा गरेको छ ।

भारतले दक्षिण पूर्वी एसिया र अफ्रिकी देशहरूलाई पनि सहयोग गरेको पिटिआईले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *