
नेपालगन्ज, २३ माघ – बाँकेको नेपालगन्जमा जारी महोत्सवको समय अवधि ४ दिनका लागि थपिएको छ ।
नेपालगन्जको कारका“दो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव यस अघि माघ १० गते देखि २४ गते सम्म जानकारी गराए पनि समितिको निणर्यले ४ दिन समय अवधि बढाएर माघ २८ गतेसम्म थपेको हो ।
नेपालगन्ज महोत्सवमा आयोजकले राष्ट्रिय तथा अन्तरराष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको बजोड प्रस्तुति दिइदै आएको छ । चर्तित एवं दर्शकको मनमा छाएका कलाकारहरुको गीत, नृत्य र कलालाई नेपालगन्ज महोत्सवको मञ्चमा आयोजकले प्रस्तुत गर्दै आईरहेको छ ।
नेपालगन्ज महोत्सवको मञ्चमा चर्चित कलाकारलाई ल्याउने दर्शकको चाहानालाई मध्यनजर गर्दै आयोजक समितिले समय थपेको प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिटी तथा मल्टीपर्पोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा जारी महोत्सव अब माघ २८ गते शनिवारसम्म सञ्चालन रहनेछ ।
