Monday, April 20सत्यम खबर
Shadow

महोत्सवमा माघ १४ गते देखि कुस्ती प्रतियोगिता

नेपालगन्ज, ११ माघ – बाँकेको नेपालगञ्जमा सञ्चालनमा आएको महोत्सवमा कुस्ती प्रतियोगिता हुने भएको छ ।
चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवलाई आज आर्कषक बनाउन माघ १४ गते देखि १८ गते सम्म कुस्ती प्रतियोगिता हुने भएको प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए ।
महोत्सबमा मुख्य आर्कषकमा यस क्षेत्र मै पहिलो पटक कुस्ती प्रतियोगिता हुनलागेको हो । जसमा नेपालकै उत्कृष्ट इन्टरनेशनल खेलाडी दावा थापा लगायतका खेलाडीको सहभागिता रहने संयोजक कंडेल बताए ।
उनका अनुसार आज भने राष्ट्रिय ख्याती प्राप्त कलाकार आउने भएका छन । दर्शको मनोरञ्जनका लागि आज गायक चन्द्र शर्मा र गायिका बिन्दु परियार आउने कार्यक्रम तय भएको छ ।
महोत्सवमा प्रत्येक दिन लुम्बिनी प्रदेश स्तरिय डान्स प्रतियोगिता हुनेछ भने आज महोत्सवलाई उद्घोषक अशोक रावल र उद्घोषिका प्रेरणा गिरीले गर्नेछन ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा नेपालगञ्जमा आज देखि कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव मंगलबार उद्धघाटन गरिएको छ ।
महोत्सवमा प्रवेशका लागि ६० रुपैया प्रवेश शुल्क र विद्याबीलाई ५० रुपैँया टिकट दर राखिएको छ । महोत्सबमा २ सय स्टल रहेका छन जसभित्र थारु होमस्टे, थारु गाउँ पनि छ । महोत्सव भित्र टिकटक पारखीका लागि टिकटक प्वाइन्ट समेत रहेको छ ।
यस्तै, खेलमा बाल उद्यान लगायतका विभिन्न खेलहरुको स्टल समेत रहेका छन । महोत्सवमा राष्ट्रिय, अन्तरराष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
उद्घाटनको दिन धम्बोझी देखि कार्यक्रम स्थलसम्म भव्य झाकी समेतको आयोजना गरिने आयोजकले जनाएको छ । महोत्सवमा १२ जिल्लाका उद्यमीहरुको उत्पादन गरेको वस्तुलाई पहिलो प्रथामिकता तथा स्थानिय बस्तुलाई पनि प्रथामिकता दिईने आयोजक संस्था सिवालय सेक्युरिटिका अध्यक्ष भक्त बहादुर थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *