Friday, November 22सत्यम खबर
Shadow

थप एक ५८ वर्षिय पुरुषको मृत्यु, मृत्यु संख्या ११ पुग्यो

नेपालगन्ज, ५ असोज – बाँकेमा नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप एक जना मृत्यु भएको छ ।
मृतक सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं. ४, सहारे निवासी ५८ वर्षीया पुरुष हुन् ।


यससँगै बाँके जिल्लामा कोरोना भाइरस को संक्रमणबाट मृत्यु भएकाको संख्या ११ पुगेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।
निज कर्तव्य ज्यान मुद्दामा कैदीबन्दी रहेको र उपचारका लागी सुर्खेतबाट बाँके कारागार मार्फत पठाईको थियो ।
बाँके जिल्लामा उपचारको क्रममा बाहिर जिल्लाको ठेगाना भएका कोभिड–१९ को संक्रमणबाट मृत्यु भएकाको संख्या ४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *