
नेपालगन्ज, ९ माघ – बाँकेको नेपालगन्जमा हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा भोलि माघ १० गतेदेखि माघ २४ गतेसम्म नेपालगन्ज–१८ स्थित सडक डिभिजन कार्यालय कारकाँदो परिसरमा प्रादेशिक स्तरीय ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’को तयारी पूरा भएको आयोजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
‘समृद नेपालको प्रमुख आधार ब्यापार कृषि पर्यटन सांस्कृतिक तथा रोजगारको पूर्वाधार’ भन्ने मूल नाराका साथ महोत्सव भोली विधिवदरुपमा भोलि उद्घाटन हुदैँछ । उद्घाटनको दिन धम्बोझी चोकदेखि महोत्सव स्थलसम्म भब्य झाकी सहित ¥याली आयोजना गरिएको आयोजकले सचिवालय संयोजक जिआर भुसालले जानकारी गराए । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी (नमुना)को प्रमुख आतिथ्यतामा हुने सम्मेलनमा बताइएको छ ।
उनका अनुसार महोत्सवमा मुख्य प्रयोजकमा ट्रिटेक इस्टिल इन्डष्ट्रिज रहेको छ भने क्रमश उप–मुख्य प्रायोजकमा मेरो प्लानेट, सह–मुख्य प्रायोजकमा र भुसाल ग्रुप, प्रायोजकमा होटल स्टार लाइट, पावर महिन्द्रा, सह–प्रायोजकहरुमा रकल्याण्ड हस्पिटल, होटर सीताराम गेस्ट हाउस, देभिना हस्पिटल, मेडिकल पार्टनरमा एचसिआरसि हस्पिटल, इन्सुरेन्समा पार्टरन नेको इन्सुरेन्स लि., इन्टरनेट पार्टनरमा भाएनेट, स्कीन पार्टनरमा नेपालगन्ज स्कीन सेन्टर, ब्युटी पार्टनरमा आसिम शैलुन, मिडिया पार्टनरमा दैनिक नेपालगन्ज, नाईल खबर डटकम, सोसल मिडिया पार्टनरमा नेपालगन्ज ग्यालरी रहेका छन् ।
विगत केही वर्षदेखि देशमा आर्थिक संकटले व्यवसायीहरु बढी मारमा परिरहेको परिस्थितिलाई मध्यनजर गर्दै यो महोत्सव आयोजना गरिएको संयोजक जिआर भुसारले बताए । महोत्सवमा १२ जिल्लाका उद्यमीहरुको उत्पादन गरेको वस्तुलाई पहिलो प्राथमिकता तथा स्थानीय वस्तुलाई पनि प्राथमिकता दिइएको छ । महोत्सव अवधिमा करिब २ करोडभन्दा बढी कारोबार हुने आयोजकले अपेक्षा गरेको छ ।
संयोजक भुसालले भने, ‘महोत्सवमा साधारण प्रवेश शुल्क ६० रुपैँया र विद्यार्थीलाई ५० रुपैँया निर्धारण गरिएको छ । महोत्सवमा २ सय स्टल रहेका छन् । जसमा थारु होमस्टे र थारु गाँउसमेत समावेश गरिएको हो । ९६ प्रतिशत स्टल बुकिङ्ग भइसकेको छ ।’
महोत्सवलाई मख्य आर्कषक बनाउन लघु घरेलु साना उद्योगीको ६० प्रतिशतभन्दा बढी उत्पादनका स्टलहरु रहने छन् भने यस क्षेत्र मै पहिलोपटक कुस्ती प्रतियोगिता आयोजना हुनेछ । जसमा नेपालकै उत्कृष्ट इन्टरनेशनल खेलाडी दावा थापालगायतका खेलाडीहरुको सहभागिता रहनेछ ।
यस्तै महोत्सवमा राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । महोत्सवभित्र टिकटक प्वाइन्टसमेत रहनेछ । महोत्सवमा करिब २ लाख दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।
