Monday, April 13सत्यम खबर
Shadow

महोत्सवको मुल आयोजक समितिको बैठक सम्पन्न

नेपालगन्ज, ८ माघ – बिभिन्न सरोकारवालाहरु संग नेपालगन्ज महोत्सवको मुल आयोजक समितिको बैठक सम्पन्न भएको छ ।

नेपालगन्जमा माघ १० गते अर्थात मंगलबारबाट विधिवद रुपमा सञ्चालन हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ का लागि मुल आयोजक समितिले बिभिन्न सरोकारवालाहरु संग बैठक सम्पन्न गरेको छ ।

महोत्सवको मुख्य आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सहआयोजक सिवालय सेक्युरिटी एण्ड मल्टी प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा आज आईतबार नेपालगन्जमा बिभिन्न सरोकारवालाहरु बीच मेलामा सक्रिय सहभागिताका लागि छलफल गरिएको घरेलु महासंघका महासचिव जि आर भुसालले जानकारी दिए ।

उनका अनुसार बिभिन्न सरोकारवालाहरु राजनितिक पार्टी, अधिकारकर्मी, संघसंस्थाहरुका प्रतिनिधिहरु बीच महोत्सवलाई सक्रिय रुपमा सफल बनाउने सम्बन्धि छलफल तथा ध्यानाकर्षण समेत गराईको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *