
काठमाण्डौ, ६ माघ – नेपालमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सत्ता सम्हाले पछि भारत सङको कुटनैतिक सम्बन्धमा बिस्तार साथै बिश्वासको वातावरण बनाउन र नेपाल सङ्ग निकट सम्बन्ध भएको ठूलो देशको नाताले दुई देश बिचको सम्बन्ध लाई अझ सुधार र औपचारिक वार्ताका संयन्त्र हरुको क्रियाशिलताका लागि नेपाल सरकार र सरकारको नेतृत्व गरिरहेका राजनैतिक पार्टीहरुले पहल गर्नु पर्ने देखिन्छ।राजनैतिक दलका नेतृत्व र सरकार स्तरमा सम्वाद सुदृढ बनाउने कुरामा वातावरण निर्माण गर्दै आपसी सहयोग र भाइचारा सम्बन्धलाई थप प्रभाबकारी ढङ्गले अघि बढाउन सरकार र राजनैतिक नेतृत्वले भुमिका निर्वाह गर्नु पर्दछ।
नेपालले सकारात्मक भुमिका निर्बाह गर्नु पर्दछ किनकी हाम्रो दुई छिमेकी देश मध्ये सबै भन्दा महत्वपूर्ण छिमेकी देश भारत नै हो।नेपाल र भारतको भुगोल देखि विभिन्न कारणले दुई मुलुक बिचमा धेरै समानता रहदै आएको छ।हामिले एक अर्का बिचको बिश्वास र सद्भावना बढाउनु पर्दछ।राजनैतिक सम्बन्धलाई पनि एक तह माथी नै लैजानु पर्दछ।आजको एक्काइसौं सताब्दिको आवस्यकता अनुसार आजको बिकास र समृद्धि को आवस्यकता अनुसारको सम्बन्धलाई अगाडी बढाउदै लैजाने कुरामा विषय बस्तुलाइ सहजीकरण गर्दै सम्बोधन गर्दै लैजानु पर्दछ।यसले नेपाल – भारत बिचको सम्बन्धलाई राम्रो बनाउन र पहल गर्न सहयोग पुर्याउदछ।सन २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले नेपाल भ्रमण गरे देखि दुई देश बिचको सम्बन्धले थप उचाइ लिएको छ।त्यो भ्रमण १७ बर्षको अन्तरालमा भारतिय प्रधानमन्त्रीले गरेको पहिलो औपचारिक नेपाल भ्रमण थियो।
त्यस पश्चात् हाल सम्म तीन पटक भारतिय प्रधानमन्त्रीको नेपाल भ्रमण भइसकेक छ।यस एतिहासिक भ्रमणले नेपाल – भारत बिचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भुमिका निर्माण गरेको छ।आजको आवस्यकता क्षेत्रीय रास्ट्रवाद भन्दा पनि शान्त वार्ताको माध्यमबाट वास्तविक धरातमा उभिनु नै हो,जहाँ दुबै देशले संबेदनसिलता देखाउदै विशेष सम्बन्ध पुन स्थापना गर्न जरुरी छ।नेपाल सङको मैत्री सम्बन्धमा भारतको उद्दार भावले २१ औ सताब्दिको सबै भन्दा पहिले छिमेकी भन्ने नितिको लागि महत्वपूर्ण आधार बन्न सक्छ।भारत सङ्ग नेपालको बलियो सम्बन्ध छ,हामी बिच भौगोलिक ,एतिहासिक तथा धार्मिक सम्बन्ध छ।यति मात्र होइन नेपाल र भारत बिचका जनता बिच पनि एतिहासिक सम्बन्ध रहदै आएको छ,दुई देश बिचको हाम्रो सम्बन्ध सधै बलियो रहेको छ र भबिस्यमा पनि अझ बलियो रहने छ।दश बर्षे ससस्त्र द्वन्द्वको नेतृत्व गरेको प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री चुनिए पछि बिगतका कार्यकाल भन्दा अझ सुझबुझ पुर्ण परराष्ट्र सम्बन्ध संचालन गर्न सक्षम रहने परराष्ट्र मामिलाका जानकारहरुले बताउदै आइरहेका छ्न।
प्रधानमन्त्री प्रचण्डले नेपालको रास्ट्रिय स्वार्थको जगेर्ना गर्न र भारत सङको एतिहासिक सम्बन्धलाई सम्बोधन गर्ने हिसाब ले परराष्ट्र नितिको निर्माण गर्दै जानू पर्दछ।बिगतका कार्यकाल हरुको अनुभबका आधारमा हेर्दा खेरी जुन प्रकारको उताब चढाब उहाको आफ्नै राजनैतिक जिवनमा पनि आयो र क्षेत्रीय र विश्व राजनितिमा पनि जुन फेरबदल आइरहेको छ त्यसलाइ मध्यनजर गर्दै अझ बढी परिपक्व ,सन्तुलित र सुझबुझ पुर्ण कुटनिती संचालन गर्नु पर्ने परिस्थिति आएको छ।
