
काठमाण्डौ, ६ माघ – चीन पहिला कुनै पनि देशलाई आर्थिक सहयोग गर्ने नाममा ऋण दिन्छ अनि पछि त्यस देशमा वर्चस्व कायम गर्ने षडयन्त्र रच्छ। चीनले श्रीलङ्का र पाकिस्तानमा पनि यस्तै षडयन्त्रलाई कार्यन्वयन गरेको थियो। अब चीनले यस्तै जाल नेपालमा पनि रच्न सक्नेछ। किनभने भर्खरै उद्घाटन गरिएको पोखरा विमानस्थलको सन्दर्भमा चीनले दिएको बयानले सबैलाई चकित तुल्याएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई लिएर सुरु भएको विवाद अन्त्य हुने नाम लिएको छैन। भर्खरै आफ्नो पदभार ग्रहण गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ प्रचण्डले चिनियाँ अधिकारीहरूको उपस्थितिमा पोखरा विमानस्थलको उद्घाटन गरेका हुन्। पोखरा विमानस्थल चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको हो जसको लागत २२ अर्ब रुपैयाँ रहेको छ। यसै क्रममा केपी ओलीको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले चीनलाई हिमालयमा रेल चलाउन निम्तो समेत दिइसकेका छन्। अर्कोतिर नेपाली विशेषज्ञहरूको भनाइअनुसार भारतले आफ्नो व्यवहार परिवर्तन गरेन भने यो विमानस्थल नेपालको घाँटीको पासो बन्न सक्छ।
यसैबीच चीनले पोखरा विमानस्थलसम्बन्धि दिएको बयानले राजनीतिक पारालाई तत्ताएको छ। चीनले पोखरा विमानस्थल परियोजनालाई ऋणको जाल भनिने बीआरआई परियोजनाको हिस्सा भन्दै जबरजस्ती तनाव बढाएको छ। चीनले आफ्नो महत्वाकांक्षी बेल्ट एन्ड रोड परियोजनाअन्तर्गत यो विमानस्थल बनाएको दाबी गरेको छ, तर नेपालले चीनसँग त्यस्तो कुनै सम्झौता नभएको स्पष्टीकरण दिएको छ। यति मात्र होइन, नेपालले चीनसँग यो परियोजनाका लागि दिएको रकम ‘ऋण’ को सट्टा सहयोगमा परिणत गर्न मागसमेत गरेको छ ।
बीआरआई परियोजनाको हिस्सा हो त पोखरा विमानस्थल!
यसैबीच विज्ञहरूले यस विमानस्थलबारे चेतावनी पनि दिएका छन्। भारतले सहयोग नगरे अर्बौं रुपैयाँमा निर्माण भएको ड्रीम परियोजनाअन्तर्गत रहेको पोखरा विमानस्थल नेपालका लागि सेतो हात्ती साबित हुन सक्ने चेतावनी दिएका छन्। यो विमानस्थल नेपालको अन्नपूर्ण सर्किटसँग जोडिएको छ जुन पर्वतारोहीहरूमाझ धेरै लोकप्रिय छ। नेपालले अन्तर्राष्ट्रिय विमानस्थल बनाए पनि यहाँ अन्तर्राष्ट्रिय उडानको सम्भावना भने टाढा टाढासम्म देखिँदैन । अर्कोतर्फ चिनियाँ दूतावासले बीआरआई परियोजनाको हिस्सा भन्दै नेपालमा चीनको प्रभाव बढ्दै गएको स्पष्ट पारेको छ। चीनको अवसरवादी सोच यहाँ पनि स्पष्ट झल्किएको छ। अवसर पाउने बित्तिकै चीनले आफ्नो पासाहरू फ्याँक्न सुरु गरेको छ।
चीनको यस्तो घोषणापछि नेपालको भारतसँगको सम्बन्ध बिग्रिन सक्छ र नेपाललाई धेरै समस्या पनि आइपर्न सक्छ। भारतले पहिलेबाट नै चीनले बनाएको बिजुली किनेको छैन र चीनले बनाएको भैरव विमानस्थलबाट पनि टाढै रहेको छ। चीन र भारतको यो लडाइमा पराजय नेपालकै हुने नेपाली अधिकारीहरूको भनाइ छ। चीनका लागि नेपालका पूर्वराजदूत टङ्क कार्कीले बताएअनुसार बढ्दो भूराजनीतिक तनावका कारण नेपालको समस्या झनै बढ्दै गएको बताए। उनले भने, ‘नेपाललाई सिकार बनाएर महाशक्तिलाई के फाइदा हुन्छ। चीनले बनाएको परियोजनालाई पश्चिमका देशले प्रयोग गर्न मानेनन् भने र चीनले बनाएको परियोजनाको प्रयोगबाट भारतले आफूलाई अलग गरे भने नेपालले ठगिएको महसुस गर्नेछ।’
कार्कीले थप भने, ‘यदि हामीलाई विदेशबाट ऋण र सहयोग चाहिन्छ भने यो कोल्ड युद्धबाट बच्नुपर्छ। हामीले सबैभन्दा पहिले हाम्रो घरलाई व्यवस्थित गर्नुपर्छ र भूराजनीतिक कार्ड खेल्नुको सट्टा हाम्रा आवश्यकताहरू पूरा गर्नुपर्छ। यस परियोजनाका लागि नेपालले चीनको एक्जिम बैंकबाट २१५.९ मिलियन डलरको ठूलो ऋण लिएको छ । यो ऋण चीनलाई चुक्ता गर्न नेपालले पोखरा विमानस्थलबाट ठूलो नाफा लिनुपर्नेछ ।
