Sunday, April 12सत्यम खबर
Shadow

घनिष्ठ मित्र चीनले ठग्यो गरिब पाकिस्तानलाई, रद्दी साबित भए मेड इन चाइना ट्रेन, सहबाज सरकार पछुताउँदै

काठमाण्डौ, ६ माघ – आर्थिक सङ्कटसँग जुझिरहेको पाकिस्तानमा रेलवे सेवा पनि पूर्ण रूपमा बिग्रिएको छ। पाकिस्तानको रेलवे पनि अहिले गरिबीको अवस्थाबाट गुज्रिरहेको छ र यसलाई चलाउन सहबाज सरकारसँग पैसा छैन। देशका जनताका लागि रेलवे सञ्चालन गर्नेसम्म सरकारसँग रकम छैन।

यो गम्भीर आर्थिक सङ्कटमा पाकिस्तानलाई उसको घनिष्ठ मित्र चीनले पनि धोका दिएको छ। पाकिस्तान रेलवेले चीनबाट १४ करोड ९० लाख डलरको बोगी आयात गरेको थियो ताकि ती पाकिस्तानमा चलाउन सकियोस्। तर यी बोगीहरू पाकिस्तानको रेलवे ट्र्याकमा दौडन सकेन। यसैकारणले ती बोगीहरूको क्षमता र गुणस्तरलाई लिएर ठूलो प्रश्नचिन्ह खडा भएको छ।

वास्तवमा रेलवे व्यवस्थालाई पुनः सञ्चालन गर्नका लागि पाकिस्तान सरकारले चीनबाट रेलका बोगीहरू आयात गराएको थियो। जसको मोठ लागत १४ करोड ९० लाख डलर थियो। तर, यी मेड इन चाइना बोगीहरू पाकिस्तानको रेलवे लाइनमा पूर्ण रूपमा फेल भए। यति मात्र होइन, यी बोगीहरूको जाँच गर्न चीन गएका पाकिस्तानी रेलवेका अधिकारीहरूमाथि पनि प्रश्न उठ्न थालेको छ। उनीहरूले कसरी ती बोगीहरूलाई पाकिस्तानका लागि उपयुक्त बताए भन्ने प्रश्न हाल उठेको छ।

स्रोतले पाकिस्तानी अखबार एक्सप्रेस ट्रिब्यूनलाई बताएअनुसार अब यी चिनियाँ बोगीहरूलाई पाकिस्तानमा दौडन योग्य बनाउन करोडौं रुपैयाँ खर्च गर्नुपर्नेछ। पाकिस्तान रेलवेको स्की लाइन मर्मतको काम सुरु भएको पनि बताइएको छ । चिनियाँ बोगीभित्र धेरै बाक्लो प्रेसर पाइप जडान भएकाले ब्रेक राम्ररी नचल्ने र दुर्घटनाको खतरा हुने अधिकारीहरूले बताएका छन्।

यी सबै समस्यालाई मध्यनजर गर्दै पाकिस्तानी प्रशासनले आफ्नो देशभित्र चिनियाँ बोगीमा साढे दुई इन्च बाक्लो पाइप जडान गर्न थालेको छ । यसअघि पनि यी चिनियाँ बोगीहरूमा २० इन्च बाक्लो पाइप लगाइएको थियो। पाकिस्तानी रेलवेका प्रमुख इन्जिनियर मोहम्मद हसीबले यी बोगीहरूलाई प्राविधिक रूपमा फिट गर्ने काम भइरहेको बताए। रोचक कुरा के छ भने पाकिस्तानले ८८ जना अधिकारीलाई चीन पठाएको थियो र ती बोगीहरू जाँच्न दिनको १०० डलर पनि दिएको थियो।

चीनले पाकिस्तान सरकारलाई धोका दिएको र रेललाई लुटेको यो खबर यस्तो बेला आएको छ, जब पाकिस्तान आर्थिक सङ्कटसँग जुझिरहेको छ। पाकिस्तानको रेलवे यति गरिब भएको छ कि रेल चलाउनको लागि तेल नै छैन। मिडिया रिपोर्टका अनुसार पाकिस्तान रेलवेसँग अब केही दिनका लागि मात्र तेल बाँकी छ। पाकिस्तान रेलवेले प्राथमिकताका आधारमा तेल उपलब्ध गराउन रेलमन्त्रीलाई अनुरोध गरेको छ।

अर्कोतिर पाकिस्तानको रणनीतिक रूपमा महत्वपूर्ण बन्दरगाह सहर ग्वादरमा लगातार सरकार विरोधी प्रदर्शन भइरहेका बेला यो खबर आएको छ। ग्वादर चीन-पाकिस्तान आर्थिक करिडोर (CPEC) को लागि धेरै महत्त्वपूर्ण छ किनभने यो विवादास्पद परियोजनाको अन्तिम बिन्दु हो जसमा भारतले चीन समक्ष आपत्ति जनाएको छ। यो कोरिडोर पाकिस्तान प्रशासित कश्मीर (पीओके) हुँदै जानेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *