Sunday, April 12सत्यम खबर
Shadow

वडाअध्यक्ष बर्माबाट बिधालयका लागि सटर निर्माण

नेपालगन्ज, ६ माघ – माध्यमिक विद्यालय लगदहवाको शैक्षिक गुणस्तर तथा आर्थिक अवस्था सुधार गर्न वडा कार्यालयद्वारा ६ वटा सटर निर्माण कार्य सम्पन्न गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ मा वडा कार्यालयको छेउमा रहेको मा. बि. लगदहवामा गत आर्थिक बर्ष ०७८÷०७९ मा अर्थ मन्त्रालयबाट तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत रु ३५ लाख तथा बिधालयबाट रु ३ लाख पचास हजारको लागतबाट ६ वटा सटरको निर्माण सम्पन्न गरेको वडा नं. १८ का वडा अध्यक्ष दिपककुमार बर्माले बताउनुभयो ।
वडाध्यक्ष बर्माका अनुसार उक्त सटरबाट हुने आम्दानीबाट मा. बि. लगदहवामा शिक्षकको दरबन्दी कम रहेको हुँदा शिक्षकको पदपूर्ति गरिने तथा विद्यालयको ब्यवस्थापनमा खर्च गरिने बताउनुभयो ।
वडाध्यक्ष बर्माले गत आर्थिक बर्षमा पुर्वाधारको निर्माणलाई बढी प्राथमिकता दिएको भनेर सबैतिर सुनियो तर यो कार्यकालमा शिक्षालाई प्राथमिकतामा राखेर अगाडी बढने हाम्रो प्रतिबद्धता रहेको हुँदा यस कार्यकालमा शिक्षामा पुर्वाधार निर्माण, गुणस्तरीय शिक्षा तथा शैक्षिक ब्यवस्थापनमा हाम्रो भुमिका रहने भन्नुभयो ।
यससंगै संस्थागत विद्यालयका सञ्चालकहरुसँग समन्वय गरेर अगाडी बढने छौं ! यो आर्थिक बर्षमा पनि यस वडामा रहेको विद्यालयहरुका लागि वडाबाट रु १५ लाख, प्रदेश सकारबाट रु २२ लाख ४० हजार तथा अन्य स्रोतबाट रु १९ लाख बजेट बिनियोजित गराएको छौं, यो कार्यकालमा शिक्षा र स्वास्थ्यमा वडाले उल्लेखनीय कार्य गरिने वडा अध्यक्ष बर्माले जानकारी गराउनुभयो ।

भिडियोको लागि यहाँ क्लीक गर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *