
नेपालगन्ज, २७ पौष – नेपाली सुन्नी हन्फी खानकाही बरेलवी विचारधाराका युवाहरूको शैक्षिक विकास तथा ईमान जोगाउन नेपाली सुन्नी मुस्लिम विद्यार्थी संगठनको स्थापना गरिएको छ । आइतबार बाँकेको नेपालगञ्जमा रहेको मदिना नूरी मस्जिदमा सयौं युवाहरूलाई संगठित गरि संस्थाको स्थापना गरिएको हो ।
संस्थाको अध्यक्ष मुफ्ती कहफुलवरा मिस्बाहीका अनुसार वर्तमान युग ईमान जोगाउन निकै गाह्रो भएकोले विभिन्न विद्यालय , कलेज , युनिभर्सिटी तथा कार्यालयहरुमा आबद्ध रहेका युवाहरूलाई गुम्राह सम्प्रदायबाट सुरक्षीत राख्न संस्थाको स्थापना गरिएको हो । यसक्रममा सुन्नी हन्फी खानकाही विचारधाराको केन्द्र मरकज ए अहले सुन्नत दरगाह ए आला हजरतका प्रतिनिधि मण्डलले समेत सहभागिता जनायो । प्रतिनिधि मण्डलका संयोजक तथा दरगाहका सचीव मुफ्ती सलीम नूरीले युवाहरूलाई मोर्डन ज्ञानका साथ साथै धार्मिक ज्ञान पनि सिक्न सिकाउन जरुरी रहेको बताए । उनले भने, वर्तमान परिस्थिति निकै दु:खद छ । ईस्लामको नाममा अनेकौं गुम्राह जमातहत परिचालित छन् ।
जसले ईस्लामको वास्तविक मुल्य मान्यताबाट युवाहरूलाई पथविचिलित बनाइरहेका छन् । जसकारण यस्तो संस्थाले ईमान जोगाउन तथा सामाजिक विकास , शैक्षिक , सामुदायिक विकासमा महत्त्वपूर्ण भुमिका खेल्न सक्छ । उहाँले भन्नुभयो , ज्ञान जति धेरैले भएपनी ब्यक्तिमा ईमानदारिता छैन भने नब्यक्तिलाई फाइदा हुन सक्छ नसमाजलाई । त्यसैले मोर्ड्न शिक्षा सहित धार्मिक ज्ञान समेत युवाहरुले जान्नुपर्छ । नवगठित संस्थाको अध्यक्ष मुफ्ती कहफुलवरा मिस्बाहीलाई बनाइएको छ भने उपाध्यक्षमा मौलाना नशीरुद्दीन अन्सारीलाई समर्थन मिलेको हो ।
प्रमुख अतिथिको रूपमा पाल्नु भएका आलीम ए नौजवान मुफ्ती सालेह रजा कादरीले संस्थाको उद्देश्य माथी बोल्दै युवाहरुलाई संगठित गरि सामाजिक शैक्षिक आर्थिक धार्मिक क्षेत्रमामा सक्रिय बनाइ समाजको विकासमा टेवा पुर्याउन सक्ने बताए । उक्त स्थापना सभामा विद्यार्थी युवा सहित आलीम मुफ्तीहरुको पनि उपस्थिति रहेको थियो ।
