Wednesday, March 11सत्यम खबर
Shadow

बाँकेको पहिलो कोरोना बिशेष अस्पताल बन्द

नेपालगन्ज, ३ असोज –बाँकेको खजुरामा रहेको सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना बिशेष आईसोलेसन अस्पताल आजदेखि बन्द भएको छ ।
क्यान्सरका बिरामीलाई उपचार गर्ने उद्देश्यले आईसोलेसन सेन्टर बन्द गरिएको हो । प्रदेश ५ सरकारले क्यान्सर अस्पताल खजुरालाई गत बैशाख महिना देखि कोरोना बिशेष आईसोलेसन अस्पतालका रुपमा स्थापना गरेको थियो ।


बाँकेमा सुबिधा सम्पन्न आईसोलेसन अस्पतालका रुपमा २ बेड भ्यान्टिलेटर, ६ बेड आईसियु सहित ५० बेडको कोरोना बिशेष आईसोलेसन अस्पताल बन्द भएसंगै त्यहाँबाट पाउने सेवा नेपालगन्जको भेरी अस्पतालमा दिईने छ ।
सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भक्तबहादुर केसीले हाल सम्म क्यान्सर अस्पतालबाट कोरोना बिशेष आईसोलेन सेन्टरका रुपमा दिईने सेवा सुबिधा अब देखि भेरी अस्पतालले दिने बताए । उनले कोभिड १९ को जोखिम भएकै बेला क्यान्सरका बिरामीलाई पनि सेवा दिनुपर्ने भएकाले कोरोना अस्पतालको बिकल्प तयार भएपछि मात्र बन्द गरिएको जानकारी दिए ।


सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल खजुराका डा. प्रबिण गुप्ताले बैशाख १९ गते बाँकेका पहिलो कोरोना संक्रमित ६० बर्षिय पुरुषलाई आईसोलेसन सेन्टरमा राखेर दिईएको सेवा हाल सम्म १ सय ९७ जना कोरोना पोजेटिभको सफल उपचार भएर सबै जनालाई घर पठाईएको बताए ।
उनले आज अन्तिम लटमा २२ जना ब्यक्तिहरु कोरोना जितेर घर फर्किएसंगै आगामी दिनमा क्यान्सरको उपचार गर्नेगरि कोरोना बिशेष अस्पतालको सेवा बन्द गरिएको बताए ।
प्रदेश ५ सरकारका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीको संयोजकत्वमा कोरोना बिशेष अस्पताल सञ्चालनमा थियो । जुन समितिमा डा. प्रकाश थापाको संयोजकत्वमा बिज्ञ तथा प्राबिधिक टिम, खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिको संयोजकत्वमा आवास भोजन तथा यातायात लगायतका उप समितिहरु समेत सहभागी भई सफल कोरोना बिशेष अस्पतालका रुपमा ब्यबस्थापन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *