Wednesday, March 11सत्यम खबर
Shadow

नयाँ नियम साथ असोज ५ देखि आन्तरिक उडान सुरू हुने

नेपालगन्ज, ३ आश्विन – आन्तरिक हवाई यात्रामा यात्रुहरूका लागि नयाँ नियम तय गरिएको छ । नयाँ नियम अनुसार हवाईयात्रुले बोर्डिंग पास लिनु अगाडि हेल्थ डिक्लेरेसन फर्म भर्नुपर्ने छ । यसरी भरेको फर्म आफूले यात्रा गर्ने एयरालइन्सलाई बुझाउनुपर्ने छ ।
यस्तै यात्रुले पालना गर्नुपर्ने नियमका सन्दर्भमा प्राधिकरणले सार्वजनिक सूचना जारी गर्नुपर्नेछ ।
विमानस्थलमा अनावश्यक भीड बढ्न नदिन मौसम, प्राविधिक वा अन्य कुनै कारणले हुने उडान डिले तथा डाइभर्टका विषयमा एयरलाइन्सहरूले यात्रुलाई एसएमएसको माध्यमबाट सूचना उपलब्ध गराउनु पर्नेछ ।


सबै यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने छ । अक्टुबर १ देखि भने प्राधिकरणले उडान तालिका हेरफेर गर्न सक्ने छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले ५ गतेदेखिको आन्तरिक उडान तालिका स्वीकृत गर्न नेपाल नागरिक उड्यन प्राधिकरणलाई निर्देशन दिएको छ ।
मन्त्रालयले लकडाउन अघिको एयरलाइन्सहरूको बजार हिस्साको आधारमा उडान तालिका स्वीकृत गरी उडान सुरू गर्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।
एयरलाइन्सहरूले लकडाउन अघि भइरहेको उडानको २५ प्रतिशतमात्र उडान हुने गरी पाँच गतेदेखि एक महिनाको उडान तालिका स्वीकृत गर्नुपर्ने छ । यसो हुँदा एयरलाइन्सहरुले आफ्नो बजार हिस्साअनुसार उडान तालिका पाउने छन् ।
यसअघि जहाजका आधा सिटमा मात्र यात्रु राखेर उडान गर्नुपर्ने सरकारले निर्णय गरेको भएपनि मन्त्रालयले भने एयरलाइन्सलाई भौतिक दुरी कायम गरेर पूर्ण क्षमतामा जहाज उडान पाउने निर्णय गरिदिएको छ ।
एयरलाइन्सहरुले आधा सिट खाली राखेर व्यावसायिक उडान गर्न नसकिने बताउँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *