Wednesday, April 15सत्यम खबर
Shadow

‘लुम्बिनीको मुख्यमन्त्रीमा एमालेको दाबी रहन्छ’

दाङ, १८ पौष – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेको दाबी रहने बताएका छन्। लुम्बिनी प्रदेशमा नवनिर्वाचित सांसदहरूको शथपग्रहण समारोहमा सहभागी भएका संस्थापक मुख्यमन्त्रीसमेत रहनुभएका पोखरेलले लुम्बिनीमा एमाले ठूलो पार्टी भएकाले अन्य दलहरूले एमालेलाई नै नेतृत्व सुम्पिनेमा विश्वस्त रहेकोसमेत बताए।

‘स्वाभाविक रुपमा अन्य दलहरूले जहाँ जसको स्टेट त्यहाँ त्यसलाई नेतृत्वको जिम्मा सुम्पनु हुन्छ भन्ने म ठान्छु यद्यपि हामी छलफल गर्न बाँकी छ’, उनले सञ्चारकर्मीहरूसँग भने, ‘छलफलपछि एउटा निष्कर्ष निक्लेला तर पनि राजनीतिक दलहरूको स्टेटका आधारमै नेतृत्वको प्रश्न निरुपण होला भन्ने म ठान्छु ।’ केन्द्रमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धन बनेको छ । तर प्रदेशमा कसले नेतृत्व गर्ने भन्ने अझै टुङ्गिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *