
नेपालगन्ज, २ आश्विन – केही समय अगाडी ‘छोरा बचाउन सहयोगको याचना गर्दै सोनी’ भन्ने शिर्षकमा समाचार प्रकाशित भयो । समाचार प्रकाशित भएको दिनदेखि नै धेरै जसो सहयोगी मनका हातहरुले हातेमालो गर्ने भनी प्रतिक्रिया समेत जनाएका थिए ।

हाल नेपाल मै अप्रेशन हुने भए नेपालगन्ग उपमहानगरपालिकाले सम्पूर्ण लागत खर्च बिल अनुसार भुक्तानी गरिने भनी उपप्रमुख उमा थापा मगरले समेत भनाई राखिन् । ‘वडा कार्यालयमार्फत सिफारिस लिएर आउन भन्नुस्, आवश्यक परे हामी बोर्ड बैठकबाट उपचार खर्च व्यवस्था गर्ने निर्णय गरिने’ भनी उपप्रमुख थापामगरले बताउनु भएको थियो ।
तर कोभिड–१९ ले गर्दा बाँके लगायत अन्य स्थानमा समेत लकडाउन र सार्वजनिक यातायात बन्दले गर्दा कही कतै गएर जानकारी लिने अवस्था नभए पछि पुनः भारत कै उत्तरप्रदेश राज्यमा रहेको जिल्ला बहराईच अस्पतालबाट हायर मेडिकल कलेज अलिगढमा रिफर गरेका थिए । अब सोही स्थानबाट अप्रेसन हुने भएको बताउँछन् पीडित प्रमोदकुमार सोनी ।

पीडित सोनीको दुधे बच्चा बिराट सोनीलाई जन्मदेखि नै मुटुमा प्वाल (छेद) भएको हुँदा उसलाई उपचारको लागि मासिक करीब ६ हजार औषधीमा खर्च गर्नुपर्ने हुन्छ । सोनीले भने– ‘मेरो ५ जनाको परिवार हो, दैनिक मजदुरी गरी जीविकोपार्जन गर्ने गरेको छु तर यो कोभिड–१९ को लकडाउनले गर्दा नोकरीसम्म गुमाउनु प¥यो, अब मैले परिवार कसरी पाल्ने, बच्चाको औषधोउपचार कसरी गर्ने भन्ने पीडा बाहेक केही छैन ।’ आज यस पीडाको बेला आफ्न्तहरु पनि कोही हातेमालो गर्न आएका छैनन्, जोसित पनि सहयोगको लागि भन्दा ऊ आफै पीडित भएको दुःखेसो पोख्छन् ।

सोनीको कथन अनुसार उनको छोरालाई जन्मदेखि नै मुटुमा छेद भएको समस्या रहेको छ, त्यसको लागि मैले नेपालगन्ज नर्सि·होमका डा. पियुस कानोडियामार्फत औषधी गरे । त्यसपछि भारतको चण्डीगढ मेडिकल कलेजमा औषधी गरेर त्यहाँबाट पिजिआई चण्डीगढ अस्पतालमा रिफर भई औषधी गरे तर पिजिआईमा अप्रेसन गर्नुपर्ने भनाई आएपछि म पुनः घर फर्कि पैसाको जोहो गर्ने तर्फ लागेको बताउँछन् सोनी ।
सोनीका अनुसार भारत सरकारद्वारा पाईएको सहयोग अस्पताल भित्र हुने अप्रेसनमा मात्र सीमित रहेको छ । तर त्यहाँसम्म जाने, बस्ने, खाना, बाहिरबाट ल्याउने औषधिको लागि रकम आफैले खर्च व्यहोर्नु पर्ने हुन्छ । सोही रकम व्यवस्थापनका लागि सहयोग गर्ने बाचा गर्ने सहयोगी मनहरुले नेपालगन्ज स्थिति त्रिभुवन चौक शाखामा रहेको सांग्रिला डेपलबमेन्ट बैंकको खाता नं. ः ०१९०१२००२८४३२३०००००१ मा पैसा जम्मा गरी सहयोग गरिदिनु हुन अनुरोध छ भनी बताए ।

यस अगावै पनि पीडित बच्चा बिराट सोनीको औषधि उपचार खर्चका लागि व्यक्तिगत रुपमा सांसद सुरेन्द्र हमाल, नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवलशम्शेर राणा, नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, जसपा नेता कमरुद्दीन राई, नेपालगन्ज उद्योग वाणिज्य संघ अध्यक्ष अब्दुलवाहिद मन्सुरी ‘चुन्ना’, पूर्व अध्यक्ष नन्दलाल वैश्य, सुमन ईट्टा उद्योगलगायतले सहयोग गरिसकेको जानकारी सोनीले गराए ।
सोनीको भनाई अनुसार अब बच्चाको अप्रेसन गर्ने व्यवस्था भारतमा हुने भएको हुँदा त्यसमा लाग्ने अन्य खर्चहरुको व्यवस्था भए म आज कै मितिमा बच्चाको आप्रेसन गराउने थिए । सोनीले अप्रेसन गर्ने समय भित्र बैंकमा पैसा जमा गरि सहयोग गरिदिन हुन पुनः सहयोगी दाताहरुलाई अनुरोध गरे ।
