
नेपालन्ज, १३ पाैष – घरमा कोही नभएको मौका छोपेर नेपालगन्ज वडा नं. ६ को एक घरमा चोरी भएको छ । नेपालगन्ज वडा नं. ६ को पुरैना रोडस्थित पवनराज भट्टको घरमा मंगलबार राती चोरी भएको हो ।
घरबाट गरगहना तथा नगद चोरी भएको प्रारम्भिक अनुमान गरिएको छ । वडा नं. ६ का वडा अध्यक्ष समिरप्रताप सिंहका अनुसार घरको ढोका फोडेर चोरी भएको देखिएको छ । घरबाट के कति मात्रामा चोरी भएको यकिन घरबेटी नेपालगन्ज आएपछि थाहा हुने वडा अध्यक्ष सिंहले जानकारी दिनुभयो ।
प्रहरीले घटनास्थलको अवलोकन गरेर अनुसन्धान शुरु समेत गरेको वडा अध्यक्ष सिंहले बताउनुभयो । घरमुली भट्ट केही दिनदेखि काठमाण्डौ रहेको खुलेको छ । चाेरी भएकाे घरदेखि फुल्टेक्रा चाेक स्तिथ प्रहरी बिटकाे दुरी करीब १२५ मिटर रहेकाे अवस्थामा समेत चाेरले ढाेका फाेडेर चाेरी गर्नु रहस्यमय बुझिन्छ ।
